लिःल फङ घले समाजमा रामबहादुर

चौतारा, ७ पुस ।
लिःल फङ (घले समाज) सिन्धुपाल्चोकको पहिलो अधिवेशनबाट नयाँ कार्य समिति गठन भएको छ । चौतारामा भएको अधिवेशनले रामबहादुर घलेको नेतृत्वमा पन्ध्र सदस्यीय नयाँ कार्य समिति गठन गरेको हो ।
जिल्लामा केन्द्रिय ल्होसार सकिय लगतै पहिलो पटक भएको अधिवेशनबाट गठन भएको समितिमा प्रथम उपाध्यक्ष सिमा रिल्द्दि घले, उपाध्यक्ष दिनेशबहादुर सामारी घले, कोषाध्यक्ष नारायणदेवि सामारी घले, सचिव नेत्रबहादुर रिल्द्दि घले, र सह–सचिव तुलबहादुर सामारी घले रहेका छन् ।
त्यस्तै सदस्यतर्फ दुर्गाबहादुर, डमबरबहादुर, भिमबहादुर, पुष्पा, न्याउरीमाया, पदमबहादुर, आकृती, थलबहादुर र विश्व चयन भए । भने सल्लाहाकारमा संयोजक झम्कबहादुर, रुपबहादुर, दिलबहादुर, लिला बहादुर, सुरथबहादुर, छत्रबहादुर, कृष्णबहादुर, भिमबहादुर, नन्दकुमारी रहेका छन् । समाजका केन्द्रीय महासचिव डा. जितबहादुर घलेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । ’घलेहरुलाई आदिवासी जनजातीमा सुचिकृत गर्न जोडदार माग गर्नेछौँ ।“ रामबहादुर भन्छन् ’राष्ट्रको एउटा इतिहास बोकेको घले जातिको हालसम्म जनजातीमा सुचिकृत नभएको कुराले सिंगो सामाजलाई चिन्तित बनाएकोे छ, यसको अध्यन गर्दे आगामी दिनहरुमा समाजको संस्कृतिलाई लोप हुन नदिनु हामि सबैको दायित्वो हो ।“ सम्पूर्ण लिःल फङ घले समाजको हक, हित र जातिय पहिचान कायम राख्नका निमिक्त सदैब प्रयत्नशील रहने प्रतिवद्धता रामबहादुरले व्यक्त गरेका छन् ।
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस