स्थानीय तहमा सुत्केरीलाई नि:शुल्क सेवा

चौतारा, ७ माघ ।
तीन नगर र नौ गाउँपालिकाभर स्वास्थ्य सचेतनासँगै सुत्केरी सेवा सहज बनाइएपछि जिल्लाभर घरमै सुत्केरी गराउनेको संख्या एकदमै न्यून बन्दै गएको छ । तीन नगर र नौ गाउँपालिकाले गर्भवतीलाई निशुल्क सुरक्षित उपचार गराउन,भत्तासहित ठुलो बजेट छुट्याएर ‘सुरक्षित सुत्केरी’ अभियान बनाएपछि स्वास्थ्य संस्थाममै सुत्केरी गराउनेको संख्या ह्वात्तै बढेको हो ।
मेलम्ची नगर, हेलम्बु र इन्द्रावती गाउँपालिकाले सुत्केरी महिलालाई सरकारले नियमित दिँदै आएको ३ हजारमा रकम थपेर स्वास्थ्य संस्थामा लोभ्याउने प्रयास गरेका छन् । मेलम्ची,बाह्रबिसे र हेलम्बुले सरकारी सुत्केरी भत्ता ३ हजारमा अर्को ३ हजार थपेर दिएका छन् । इन्द्रावतीले १ हजार ५ सय दिइरहेको छ । सुत्केरी बेथा लाग्नेबित्तिकै सुरक्षित सुत्केरी गराउनको लागि सम्पूर्ण विवरणसहित जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई फोन आउने गरेको छ । खबर पाएलगत्तै नगर र पालिकाबाट तत्कालै एम्बुलेन्स सेवा पु¥याएर तत्कालै उद्धारकार्य सुरु हुन्छ ।
बाह्रबिसे, मेलम्ची र इन्द्रावती, हेलम्बु गाउँपालिकामा बिरामीको सेवाको लागि नगर र गाउँपालिकाको प्रमुखको प्रत्यक्ष निगरानीमा एम्बुलेन्स राखिएका छन् । ‘प्राथामिक स्वाथ्य केन्द्रलाई व्यवस्थित बनाएर ५० लाख बजेटसहित स्वास्थ्यसम्बन्धी अनेक अभियान ल्याइरहेका छौ,’बाह्रबिसे नगरका मेयर निमफुञ्जो शेर्पाले भने । वडापिच्छै बर्थिङसहितको स्वास्थ्य चौकी वडाभर ठड्याएसँगै सुरक्षित सुत्केरी अभियानमा जनप्रतिनिधि कस्सिएको मेयर शेर्पाले दाबी गरे ।
एकिकृत सेवा केन्द्र र १३ वडामा स्वास्थ्य चौकी ठड्याइसकेको मेलम्ची नगरपालिकाले स्वास्थ्य क्षेत्रको लागि दुई करोड छुट्याएको छ । सुरक्षित सुत्केरी अभियानअन्र्तगत सुत्केरी पोषण भत्ता बढाएर महिला स्वंय सेविकालाई प्रोत्साहनबाट सुत्केरीलाई स्वास्थ्य चौकीमै अनिवार्य गरिएको मेलम्ची नगरका मेयर डम्बर अर्यालले जनाए । चौतारा साँगाचोकगढी नगरपालिकाले विभिन्न संस्थाको सहयोगमा स्वास्थ्य संस्था बनाइरहेसगै गर्भवतीलाई एम्बुलेन्स सेवा निशुल्क बनाएको छ ।
जिल्लाकै सुगममा एम्बुलेन्स र दुर्गम क्षेत्रमा बिरामी र सुत्केरीको लागि हेलिकप्टरको व्यवस्था गर्ने अभियान चलाइएको जुगल गाउँपालिकाका उपाध्यक्ष सिर्जना तामाङको भनाइ छ । ‘तेम्बाथान्जस्तो दुर्गममा यो संम्भव छैन्,यसको लागि सडक नजोडिएसम्म तत्कालै हेलिकप्टर विकल्प गरिरहेका छौ,’ उनले भनिन् । जिल्लाभर यीबाहेक पाँचपोखरी थाङपाल, जुगल, सुनकोसी, बलेफी, त्रिपुरासुन्दरी, लिसंखुपाखर गाउँपालिकाले सुत्केरीसम्बन्धी फरक कार्यक्रम ल्याएका छन् । महिला स्वास्थ्य सेविकालाई मासिक हजार प्रोत्साहनबाट स्वास्थ्य समस्या र चुनौतीबारे जानकारी लिदै पुर्व तैयारीमा लागेको इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले जानकारी दिए ।
इन्द्रावतीमा गर्भवतीलाई सुरक्षित सुत्केरी गराउनेदेखि जन्मेदेखि दश वर्षसम्मको बच्चाको स्वास्थ्य परिक्षण गरेपछि यसबारे जानकारी लिएर ‘सुरक्षित आमास“गै बच्चा’ अभियानमा दौडिएको उनको भनाई छ । यहाँ आफुलाई फोन आएलगत्तै तत्कालै उद्धारर्थ आफै कुद्ने गरेपछि ‘सुरक्षित आमास“गै शिशु अभियान केही सफल देखिएको उनले जनाए । ‘सम्पूर्ण स्थानीय तहभर यस्ता अभियान प्रभावकारी देखिएको छ, यसले अधिकाशंको सोच बदलिएको छ, स्वास्थ्य चौकीमा बर्थिङ गराउने बढ्न थालेका छन्,’ गाउँपालिका महासंघका महासचिव समेत रहेका तामाङले भने । पहिलेभन्दा जनप्रतिनिधि आफै लागेपछि जिल्लाभर हाल ७० प्रतिशत महिलाले स्वास्थ्य केन्द्रमा सुत्केरी गराउन थालेको र शिशु मृत्युदर न्यून ह“ुदै गएको उनले दाबी गरे ।
क्याटेगोरी : समाज
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस