Techie IT
Friday, October 30,2020 / बिहीबार, कात्तिक १३, २०७७
×
गृहपृष्ठसमाजअझै भेटिएनन् लाङटाङमा बेपत्ता विद्यार्थी

अझै भेटिएनन् लाङटाङमा बेपत्ता विद्यार्थी


चौतारा, ६ माघ ।
रसुवाको गोसाईँकुण्ड घुमेर फर्कँदै गरेका दुई विद्यार्थी लाङटाङ राष्ट्रिय निकुञ्जमा बेपत्ता भएका छन् । हेलम्बु गाउँपालिका–१ हेलम्बु सिन्धुपाल्चोकका १७ वर्षीय वाङगेल शेर्पा र. जोरपाटी काठमाडौँका जापान लामा नुवाकोटको घ्याङफेदी आसपासबाट शुक्रबारदेखि बेपत्ता भएका हुन् ।
दुबै राजधानीको बौद्धस्थित कुमारी बोर्डिङ स्कुलका विद्यार्थी हुन् । हेलिकप्टरबाट उनीहरुको खोजी कार्य गरिएपनि फेला पार्न नसकेको हेलम्बुस्थित मेलम्चीघ्याङ माविका प्रधानाध्यापक पूर्ण गौतमले बताए । उनका अनुसार गोसाईँकुण्ड घुम्न जाने योजना बनाएर उनीहरु माघ २९ गते हेलम्बु पुगेका थिए । हेलम्बु वाङ्गेलको गाउँ हो । बुधबार गोसाईँकुण्ड गएका उनीहरु फर्केर घ्याङफेदीस्थित फेदी लजमा वास बसेका थिए । वाङगेलले शुक्रबार बिहान ७ बजेतिर हेलम्बुस्थित घरमा फोन गरेर बाक्लो हिमपात भइरहेको बताएका थिए ।
‘परिवारका सदस्यले हिमपातमा नहिँड्न भन्दै लजमै बस्न आग्रह गरे पनि उनीहरु बिहान ९ बजेतिर हेलम्बु फर्कँन हिँडेको पाइयो,’ वाङगेलका शिक्षक रहेका गौतमले भने । उनीहरु घ्याङफेदीबाट दक्षिणमा पर्ने तालु गाउँतिर हिँडेका थिए । त्यसपछि उनीहरु सम्पर्कविहीन छन् । शनिबार अबेरसम्म तालुगाउँ आसपास कोही कराइ रहेको सुनिएको स्थानीयलाई उदृत गर्दै प्रअ गौतमले जानकारी दिए ।
उनीहरु फसेको अनुमान गरिएको ठाउँ निकै अफ्ठेरो रहेको र बाक्लो हिउँ जमेकाले स्थानीय उद्दारमा निस्किन सकेका छैनन् । हेलिकप्टबाट शनिबार उनीहरुको खोजी प्रयास भए पनि खराब मौसमका कारण सफल हुन सकेन । आइतबार पनि हेलिकप्टरबाट खोजी गरिएको थियो । तर उनीहरु फसेको अनुमान गरिएको स्थानमा केही फेला परेन । उनीहरु हिउँमा फसेको हुन सक्ने अनुमान लगाउँदै शिक्षक गौतमले खोजीका निम्ति सम्वन्धित निकायलाई आग्रह गरे ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस