तालामाराङमा आगलागी, २० लाखको क्षति

मेलम्ची, ६ माघ
मेलम्ची नगरपालिका –६ तालामाराङ बजारमा आज विहान आगलागी हुँदा २० लाख बराबरको क्षति भएको छ । स्थानीय दिपेन्द्र तामाङको पसलमा ग्यास लिक हुँदा आगलागी भएको हो ।
ग्यास लिक भएर सुरु भएको आगलागीबाट घरमा रहेको सम्पुर्ण भौतिक सामानको क्षति भएको पीडित तामाङले जानकारी दिए । पसलमा रहेको सम्पूर्ण सामान जलेर नष्ट भएको छ । आगो प्रहरी र स्थानीयको सहयोगबाट नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फल बहादुर तामाङले जानकारी दिए ।
क्याटेगोरी : समाज
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस