Techie IT
Tuesday, March 9,2021 / सोमबार, फागुन २४, २०७७
×
गृहपृष्ठसमाजअनुदान खोज्दै सदरमुकाम

अनुदान खोज्दै सदरमुकाम


चौतारा, २ माघ ।
भोटेकोशी गाउपालिकाअन्र्तगत लिस्तीकोटको लेकाली गाउ“का २१ परिवार करिब ६० किलोमिटरको दुरी छिचोलेर आवास अनुदान खोज्दै चौतारा आइपुगेको हप्तादिन पुगिसक्यो । सवारी साधन रिर्जभ गरेर सदरमुकाम आएका उनीहरुले भाडा मात्रै प्रति व्यक्ती दुई हजार खर्च गरे ।
चार बष अघिको भुकम्पका पछि घर भत्किएपनि सरकारबाट अन्य भूकम्प पीडितले जस्तै अनुदान नपाएपछि उनीहरु सदरमुकाम चौतारस्थित जिल्ला आयोजना कार्यान्वयन एकाइ९अनुदान तथा पूर्वाधार० कार्यालय धाउनुपरेको हो । आवास अनुदानको लाभग्राहीको सूचीमा हाम्रो नाम किन अटाएन रु छिमेककै भुकम्प पीडितले अनुदान रकम पाईवरी घर बनाईक्दा हामीले किन पाएनौं रु के कस्तो कागजी प्रक्रियाको झेलामा परेर आफुहरुले दुःख पाउनुपरेको हो रु सदरमुकाम आएकाहरुस“ग प्रश्नै प्रश्न छन् ।
चौतारा बजारमा भेटिएका लिस्तीकोट गाउ“का ७१ वर्षिया सोन्दे लामाले प्रश्न गरे ‘कति पटक छुट विवरण भर्नु, अनुदान आउ“दै आएन्, टहरामै जिन्दगी बित्ने भो रु’ भुकम्पमा आवास भत्किएपनि अनुदानमा नाम नआएपछि अन्तिम विकल्प बुझेर पुनरावेदन प्रक्रियामा जान लागेको उनले सुनाए । एउटै सिंगो गाउ“ टोलको अनुदानमा नाम नआएपछि आत्तिन थालेका लामा दोहोरो मारमा परेका छन् । ‘अनुदान आउला भनेर कुरेर चार वर्ष बसियो,बेकारजस्तो लाग्न थालिसकेको छ,चौतारा पनि तीन पटकसम्म आइसकेका छौ, ’उनले भने । भुकम्प पुननिर्माण प्राधिकरण अन्र्तगतको जिल्ला आयोजना कार्यान्वयन एकाइले भुकम्प पीडितलाई समयमै सुचना नदि“दा र तथ्यपरक सुचना नदिदा दुर्गम गाउ“का भुकम्प पीडित सदरमुकाम धाईरहनुपर्ने बाध्यतामा छन् । अनुदान नआएपछि थोत्रो टहरामा बसिरहेका ईन्द्रावती गाउ“पालिकाभरका दर्जनौ परिवार धेरै पटक चौतारा धाइसकेको इन्द्रावती गापा वडा ६,बा“डेगाउ“का चोकप्रसाद भट्टराईले गुनासो गरे । ‘टहराको सास्तीले ज्यान जालाजस्तो छ, अनुदानमा ऋण थपेर आवास बनाउला भन्ने सोचेको थिए,तर अनुदान नै आएन्, ’ भट्टराईले भने । सदरमुकाम बस्दा दैनिक दुई हजारभन्दा बढी खर्च हुने गरेको उनको अनुभव छ ।
वडाध्यक्ष र प्रमुख,उपप्रमुखलाई बारम्बार छुटविवरणको सूचीमा आफ्नो नाम कहिले आउने भन्ने बारेमा आफुले सोधिरहेको उनले जनाए । गाउ“भरका छिमेकीले अनुदान लिएर घर आधा बनाइसक्दा आफ्नो इच्छाशक्ती गुमिरहेको उनको अनुभव छ । ‘गाउ“पालिका र जिल्लामा यताबाट माथिल्लो निकायमा पठाइसकेको छ भन्छन्, अनुदान भने जे गरेपनि आउदै आएन्,’उनले भने । अनुदानबारे पटक पटक गुनासो आएपछि भुकम्पपीडितसहित सदरमुकाम पुगेर बारम्बार बुझिरहेको भोटेकोशी गाउ“पालिकाका प्रमुख राजकुमार पौडेलले बताए । ‘यसबारे जनप्रतिनिधिबीच ‘सर्कुलेशन’ बोकेर उपप्रमुख, वडाध्यक्षदेखि सदस्य यसबारे बुझ्न सदरमुकाम पुगिरहनुभएको छ, प्राविधिक पक्षलाई बलियो बनाउन आफै कस्सि“दा पनि छुटेको अनुदानको समस्या ज्यु“का त्य“ु छ,’उनले भने । हिमाली गाउ“ भोटेकोशीको पहिरोको जोखिममा परेको लिस्तीकोटको पाउ“गुम्बा, मार्मिङ,दुगुना भेगदेखि झिर्पूको हिन्दीजस्ता दर्जनौ स्थानमा पहिरोले पुनर्निर्माणलाई चुनौती बनाएको उनले सुनाए ।
‘यसबारे म आफै राजधानीको समबन्धित निकाय पुगिरहेका छु, ’उनले भने । भूकम्पप्रतिरोधी घर बनाउने योजना लिएका यह“ाका भुकम्पपीडित अनुदान कहिले आउछ भन्ने कुराइमा छन् । इन्द्रावती गाउ“पालिका वडा ६, तल्लो टोलकी शुभद्रा थापा अनुदान आउने आसमा चार वर्ष बितिसकेको सुनाउ“छिन् । ‘थोत्रो टहरामा बस्दाबस्दै दिक्क लागिसक्यो, सरकारको अनुदानको भर परेर बिजोग नै भयो,किन आउ“दैन हाम्रो अनुदान रु’उनले भनिन् । ५० भुकम्पपीडित सहित अनुदानको लागि सदरमुकाममा भौतारिरहेका त्रिपुरासुन्दरी गाउ“पालिका वडा ३ का अध्यक्ष शुकदेव रिसाल एकदमै हताशमा थिए । सातादिनदेखि चौतारामा कस्सिएर सोधपुछमा जुटेका उनले भुकम्पपीडितले सोधेर हैरान बनाएको बताए । ‘वडामा गुनासो सुनेर बस्न नसकिने भएपछि अनुदान खोज्दै चौतारा आइपुगियो, अनुदानबारे सही निर्णय नभए राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई मुद्धा हाल्ने तरखरमा पुगीसक्यौ,’उनले आक्रोश पोखे ।
अनुदान नपाएको गुनासो लिएर आउने भुकम्पपीडित जिल्ला आयोजना कार्यान्वयन एकाइ ९अनुदान तथा पूर्वाधार ० र भवनमा गएर छलफल गर्ने गर्छन् । दुवै कार्यालयका प्रमुखबाट ढाडस पाएपछि कतिपय भुकम्पपीडित दिक्क भएर आफ्नै थलो फर्कने गरेका छन् । जिल्ला आयोजना कार्यान्वयन एकाइ९भवन० काअनुसार जिल्लाभर झण्डै १८ हजार ८ सय २० भूकम्पपीडितको अनुदान छुटेको गुनासो संकलन भएको छ । जसमा सुनकोशी गाउ“पालिकामा सबैभन्दा बढी दुई हजार ४ सय २८ र सबैभन्दा थोरै हेलम्बु गाउ“पालिकामा ७ सय ७५ लाभग्राहीको नाम छुटेको सर्वेक्षण तंथ्याक छ । त्यस्तै
चौतारा सा“गाचोकगढीमा दुईहजार एकसय १० ,मेलम्ची दुईहजार २ सय ९०, इन्द्रावती दुई हजार २ सय ३१, बाह्रबिसे नगर एकहजार ३ सय ७१, भोटेकोशी एकहजार ३ सय ३३,त्रिपुरासुन्दरी एकहजार १५, लिसंखुपाखर एकहजार ८७, बलेफी एकहजार ६ सय ४०,जुगल एकहजार २ सय ४७ र पाचपोखरी थाङपालमा एकहजार २ सय १३ को नाम छुटेको छ ।
जिल्ला आयोजना कार्यान्वयन एकाइ९अनुदान तथा पूर्वाधार० का प्रमुख लक्ष्मण शेखका अनुसार छुटेका मध्ये हालै एकहजार सात सय भुकम्पपीडितको नाम लाभग्राही सुचीमा आएको छ, अन्यको पनि आउदैछ । नगर र गाउ“पालिकाबाट आएका कति औ गुनासो प्रमाणित गरेर पठाएपनि माथिबाट ‘नो सिफारिस’ जवाफ फिर्ता आउने गरेको उनले प्रष्ट्याए । जिल्लाभरका १८ हजार भुकम्पपीडितमा एकाइले एकसय ३५ परिवारलाई अनुदानको लागि पुनरावेदनमा जानुपर्ने सूचीमा राखेको छ । त्यस्तै आवास प्रबलिकरणमा ४४ भुकम्पपीडित परेका छन् । एकाईले ०७३ श्रावणमा पुन सर्वेक्षणका लागि १२ जना इन्जिनियर खटाएको थियो । झण्डै चार हजार घरधुरी सर्वेक्षण गरेपछि दशहजार भूकम्पपीडितको गुनासो आएको थियो । ०७६ जेठ मा प्रत्येक नगर र गाउ“पालिकामा गरी जम्मा ३८ जना प्राविधिकबाट गुनासो संकलन गरिएको जिल्ला आयोजना कार्यान्वयन एकाई९भवन० का प्रमुख सन्तोस निरौलाले जानकारी दिए । ‘गएको असार मसान्तमा गुनासो संकलन गर्ने काम पूर्ण रुपमा सकिएको छ, यही पौषभित्र सबै लाभग्राहीको सूची सार्वजनिक हुनेछ,’उनले भने । उनले नगर तथा गाउ“पालिका,वडाको सिफारिसको आधारमा प्राविधिकले गुनासो संकलन गरेर ल्याएको प्रष्ट्याए ।
‘कति पटक पुगे भन्ने यकिनसाथ भन्न सकिदैन्,जनप्रतिनिधिकै सिफारिसमा गुनासो जम्मा गरिएको छ,’उनले भने । चौतारा सा“गाचोकगढी र मेलम्ची नगरमा ६÷६ ,इन्द्रावतीमा ५ र अन्यमा ३ गरी जिल्लाभर ३८ प्राविधिक खटेको उनले जनाए ।
प्राविधिकै कारण दुख पाइयो
पूर्व तातोपानीदेखि पश्चिम हेलम्बु ,पा“चपोखरीका जनप्रतिनिधिले प्राविधिककै कारणले गर्दा जनताले अनुदान नपाएको गुनासो गरेका छन् । हिमाली गाउ“मा हिउ“देखि कच्ची सडकले गर्दा पुनर्निर्माणमा व्यवधान पुगेको सुनाउ“दै उनीहरुले गुनासो संकलक प्राविधिकले गलत बुझाएको आरोप लगाए । ‘भुकम्प गएको चारवर्षपछि बनाएको बलियो टहरालाई आवासको रुपमा खिचेर लगिएकाले धेरै परिवारले अनुदान पाएका छैनन्, यो प्राविधिक पक्षमा कमजोरी देखिएको छ,’ हेलम्बु गाउ“पालिकाका प्रमुख निमाग्याल्जेन शेर्पाले भने । गाउ“पालिकाभर ७ सय भन्दा बढी परिवारको अनुदानमा नाम छुटेको विवरण माथिल्लो निकायमा बारम्बार घचघच्याएको उनले सुनाए ।
जिल्लाको हिमाली गाउ“ हेलम्बु,पाचपोखरी,जुगल क्षेत्रमा बर्खामा सडक अवरुद्ध र हिउ“दमा हिउ“ले पुनर्निर्माण ठप्प हुने गर्छ । बाक्लो हिउ पर्दा यह“ाको भुकम्पपीडितको जनजिवन कष्टकर बन्ने पा“चपोखरी थाङपाल गाउ“पालिकाकी उपाध्यक्ष सुनीता अधिकारीले जानकारी दिइन् । ‘यह“ाको अवस्थाबारे सरकारले बुझ्न जरुरी छ, अनुदानबारे बुझ्न सदरमुकाम पुग्नको लागि दिनभर लाग्छ, ’उनले भनिन् ।
प्रमुख फेरिदा समस्या
जिल्लाको चौतारास्थित जिल्ला आयोजना कार्यान्वयन एकाइ९अनुदान तथा पूर्वाधार० मा भुकम्पपछि मात्रै ८ जनासम्म प्रमुख फेरिए । प्रमुख बस्न या राख्न नचाहने प्रवृत्तीको खिचतानीले कुनै प्रमुख दुई महिनामै गए त कोही दुई पटकसम्म भए । भुकम्पपछि जिल्ला आयोजना कार्यान्वयन एकाइ ९अनुदान तथा पूर्वाधार०मा प्रमुख भरतकुमार थापा दुई महिनामै सरुवा भए । त्यसयता सबै प्रमुखले ५ देखि ७ महिना बसेर एकाईको कार्यभार सम्हाले । अहिले लक्ष्मण शेखले जिल्ला आयोजना कार्यान्वयन एकाइ ९अनुदान तथा पूर्वाधार० प्रमुख भार लिइरहेका छन् । लेखापालदेखि अन्य कर्मचारीसमेत् अभाव हु“दा अनुदानसम्बन्धी काम गर्न जटिल कठिनाई बनेको कार्यालयका एक कर्मचारीले बताए । ‘भुकम्पदेखि अहिलेसम्म धेरै पटक महिनादिन किस्ताको निकासा रोकिएको छ, प्रमुख फेरिएका फेरिएै छन्,कसरी कामले तिव्रता पाउ“छ रु,’उनले प्रश्न गरे । लेखापाल नभएका कारण कोष तथा नियन्त्रक कार्यालयकै कर्मचारीले यह“ा काम गरिरहेको उनले जनाए ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस