गृहपृष्ठ ∕ समाज ∕ सिन्धुपाल्चोकमा अनुदान फिर्ता गर्नेको संख्या १४ पुग्यो सिन्धुपाल्चोकमा अनुदान फिर्ता गर्नेको संख्या १४ पुग्यो Sindhu Khabar पुस २९, २०७६ गते १४:२० मा प्रकाशित चौतारा, २९ पुस । सिन्धुपाल्चोक जिल्लामा पुनर्निर्माणका लागि सरकारले दिएको पहिलो किस्ता फिर्ता गर्नेको संख्या १४ पुगेको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ७ का अमिरबहादुर के.सीले मंगलबार पहिलो किस्ता फिर्ता गरेका हुन् । नेपाल पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका अनुसार पहिलो किस्ता फिर्ता गर्नेमा सुनकोशी–६ का डिलबहादुर कार्की, बलेफी –२ का पदमबहादुर तामाङ, सुनकोशी –१ का प्रेमबहादुर कार्की, मेलम्ची–४ का कृष्णहरि खनाल रहेका छन् । त्यस्तै सुनकोशी–६ का सीताराम भण्डारी, चौतारा साँगाचोकगढी नगरपालिका–९ का बादल तामाङ, मेलम्ची–१३ का झंकप्रसाद दंगाल, हेलम्बु–१ का मिङमार लामा, महेन्द्र गिरी, चौतारा–७ का राजेन्द्र श्रेष्ठ, जगत बहादुर श्रेष्ठ, चन्द्र कुमारी दंगाल र बलेफी–७ की ददिमाया पौडेल सरकारले दिएको पहिलो किस्ता फिर्ता गरेका हुन् । क्याटेगोरी : समाज ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार राष्ट्रपतिले उद्घाटन गरेको जलवायु सम्मेलनको हिसावकिताब माग गर्दै अख्तियारमा उजुरी जिल्ला युवा समितिकाे अध्यक्षमा कुमार नियुक्त दसकअघिदेखिको चौतारा घेर्ने रिङरोड निर्माण अझै अपुरो भब्य भवनमा बाह्रविसे प्रहरी धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे