गृहपृष्ठ ∕ समाज ∕ शैक्षिक अगुवा विष्णुबहादुरको निधन शैक्षिक अगुवा विष्णुबहादुरको निधन Sindhu Khabar पुस २७, २०७६ गते १२:२१ मा प्रकाशित चौतारा, २७ पुस । जिल्लाका विभिन्न सामुदायिक विद्यालय स्थापनार्थ महत्वपूर्ण भूमिका निर्वाह गरेका समाजसेवी एवं शैक्षिक अभियन्ता विष्णुबहादुर खड्काको निधन भएको छ । लामो समयदेखि श्वाप्रश्वास, प्रेसर, मुटुलगायत रोगबाट ग्रसित उनको आज (आइतबार) उपचारका क्रममा राजधानीको हेल्पिङ ह्याण्ड्स अस्पतालमा विहान ६ बजेको समयमा निधन भएको हो । ================== उनी पत्रकार स्व. ज्ञानेन्द्र खड्काका पिता हुन् । उनका छोरा ज्ञानेन्द्रलाई तत्कालीन सशस्त्र द्धन्द्धमा बिद्रोही पक्षले हत्या गरेका थिए । ज्ञानेन्द्रलाई भदौ २०६० मा उनै गाउँ ज्यामिरेको एक रुखमा बाँधेर हत्या गरिएको थियो । ====================== स्व. विष्णुबहादुर साविक क्षेत्र नं. ३ स्थित मेलम्चीमा रहेको इन्द्रेश्वरी मावि, ज्यामिरेमा रहेको जनता मावि, सातकन्या मावि रातमाटा, शिखरपुरमा रहेको शितलादेवी माविका संस्थापक शिक्षक हुन् । जनता माविबाट उनी प्रधानाध्यापक हुँदै रिटायर्ड भएका थिए । यी विद्यँलयसँगै २०१४, १५ सालमा यो क्षेत्रमा अन्य विद्यालय स्थापनार्थ उनले योगदान दिएका थिए । शिक्षक अवकासपछि विभिन्न सामाजिक काममा लागेका खड्काको ७७ वर्षको उमेरमा निधन भएको परिवारले जनाएको छ । अहिले उनका श्रीमतीसहित ३ छोरी र २ छोरा छन् । उनको पार्थिव शरिरलाई पशुपतिनाथमा अहिले अन्तेष्टिको तयारी गरिएको छ । उनी पत्रकार स्व. ज्ञानेन्द्र खड्काका पिता हुन् । उनका छोरा ज्ञानेन्द्रलाई तत्कालीन सशस्त्र द्धन्द्धमा बिद्रोही पक्षले हत्या गरेका थिए । ज्ञानेन्द्रलाई भदौ २०६० मा उनै गाउँ ज्यामिरेको एक रुखमा बाँधेर हत्या गरिएको थियो । क्याटेगोरी : समाज ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यसरी मनाए माझी समुदायले कोशी पूजा (भिडियो र तस्विरसहित) भोटेकोसीमा सिमल बिसौना गोरेटो तथा प्रतिक्षालयको उद्घाटन राष्ट्रपतिले उद्घाटन गरेको जलवायु सम्मेलनको हिसावकिताब माग गर्दै अख्तियारमा उजुरी जिल्ला युवा समितिकाे अध्यक्षमा कुमार नियुक्त धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे