गृहपृष्ठ ∕ समाज ∕ बनका अभियन्ता भण्डारीको सम्झनामा विद्यालयमा मौनधारण बनका अभियन्ता भण्डारीको सम्झनामा विद्यालयमा मौनधारण Sindhu Khabar पुस २६, २०७६ गते १७:५५ मा प्रकाशित ठोकर्पा, २६ पुस । सामुदायिक बनका विश्व अभियन्ता निल प्रसाद भण्डारीको मृत्युको शोकमा सुनकोशी गाउँपालिकाका विद्यालयहरुमा मौनधारण गरिएको छ । पुस २३ गते राजधानीमा मृत्यु भएका भण्डारीको योगदानलाई सम्मान गर्दै उनको सम्झनामा विद्यालयहरुमा मौनधारण गरिएको हो । सुनकोशी गाउँपालिकास्थित बाघभैरव मावि, जाल्पा माविलगायतले प्रार्थना समयमा मौनधारण गरेको थियो । भण्डारी सुनकोशीस्थित ठाकर्पाका हुन् । सामुदायिक वनका पहिलो अभियान्ता तथा जिल्ला विकास समितिका पूर्वसभापति एवं विश्व हिन्दु महासंघका अध्यक्ष को सम्झनामा का साथै समाज विकासमा उनको योगदानको सम्मानमा मौनधारण गरिएको जाल्पा माविका प्रधानाध्यापक शिव नेपालले जानकारी दिए । उनलाई सामुायिक वनका जन्मदता पनि भनिन्छ । उनले २०२९ सालमा ठोकर्पाबाट जनताले आफैं जंगल जोगाउन सक्छन् भन्ने अवधारणाको शुरुवात गराएका थिए । सरकारले बन्दुक देखाएर मात्र वन जोगाउन सक्दैन त्यसमा जनसमर्थन चाहिन्छ भन्ने नया“ अवधारणा अहिले मुलुकभर सफल ढंगले लागू भइरहेको छ । उनकै अवधारण अनुसार वन विकास, संरक्षण, प्रवद्र्धन र उपयोग हुदै आएको छ । सिन्धुपाल्चोकका तत्कालिन वन अधिकृत तेजबहादुर महतले भण्डारीको अभियानमा सघाएका थिए । भण्डारीको अवधारणालाई विश्वले अनुकरण गरिरहेको छ । क्याटेगोरी : समाज ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार हप्तापछि मेलम्ची सुरुङमा पानी हाल्न सकिने इन्द्रावतीका कार्यालय सहयोगीले गरे आत्महत्या सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ लिस्तीमाईमा ३५ लाखमा सतलघर निर्माण धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ५उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ६चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ७महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह ८नेकपा फुटको असर सिन्धुका पत्रकारमा पनि, को कता ?