इन्द्रावतीमा बन्यो दलित साझा संजाल

नवलपुर, २२ पुस ।
स्थानिय श्रोत साधनमा दलित सहभागीता बिषयक अन्तक्रिर्या तथा दलित भेला कार्यक्रम सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका ,नवलपुरमा सम्पन्न भएको छ।
उक्त कार्यक्रममा जिल्लाका दलित अगुवा ,अभियान्ता र गाउँपालिका भित्रका निर्वाचित दलित महिला सदस्य लगायत दलित समुदायको अर्थपूर्ण उपस्थित रहेको थियो। दलित मुक्तिको नाममा दुकान खोलेर फाइदा लुट्ने समुह प्रती सचेत रहि सिङ्गो वर्ग समुदायको उत्थानका निमित्त दलित समुदाय एक हुनु आवश्यक रहेको दलित एकता संजाल नेपालका केन्द्रिय सचीव सुनिल मिजारले बताए, दलित मुक्त सङ्गठन सिन्धुपाल्चोकका जिल्ला इन्चार्ज राम बहादुर सुनारले दलित आन्दोलन माथी उठाउन दलित मात्रैले सम्भब नहुने भन्दै अबको दलित आन्दोलनमा दलित र प्रगतिशील सोचाइ भएका गैरदलित ब्याक्तीहरु सग समन्वय गरि आन्दोलन अगाडी बढानु पर्ने कुरामा जोड दिनुभयो।
कार्यक्रममा दलित साझा संजाल पाँचपोखरी थाङ्पाल गाउँपालिका सचीव धन बहादुर बिश्वकर्मा , दलित साझा संजाल मेलम्चीका अध्यक्ष दिल बहादुर नेपाली , दलित अगुवा सुब्बा सुनार र रत्न बिश्वकर्माले दलित आन्दोलन सग सम्बन्धित बिषयमा आआफ्नो धारण व्यक्त गर्नु भएको थियो। दलित समुदायको चौतर्फी बिकासको लागि गाउँपालिका बाट सक्दो पहल हुने इन्द्रावती गाउँपालिका उप-प्रमुख तथा कार्यक्रमको प्रमुख अतिथि मिरा अधिकारी लामाले बताउनु भयो। अध्यक्ष राजेश बि.क,उपाध्यक्ष निर्जला सुन्दास ,सचीव समीप नेपाली ,सदस्यहरु नकुल सोनाम,रङ्गमाया सुनार,धिरज पोखरेल,नारायण रोक्का,सिर्जना बि.क,सुजाती तिरुवा,अमर रसाइली ,पुस्पा सुनार,गणेश बहादुर नेपाली र नवराज तिरुवा रहेको इन्द्रावती गाउँपालिका स्तरिय दलित साझा संजाल निर्माण गर्दै उक्त भेला सम्पन्न भएको छ। भेला इन्द्रावती गाउँपालिका जेष्ठ दलित महिला सदस्य पातली दमिनिको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम संचालन सोही कार्यपालिका सदस्य रबिन्द्र कुमार खातीले संचालन गर्नुभएको थियो।
क्याटेगोरी : समाज
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस