Techie IT
Saturday, December 5,2020 / शनिबार, मंसीर २०, २०७७
×
गृहपृष्ठसमाजदुर्घटनामा आफन्त गुमाएकी बालिका मावलीको जिम्मामा

दुर्घटनामा आफन्त गुमाएकी बालिका मावलीको जिम्मामा


खाडीचौर, १० पुस ।

सुनकोशी गाउँपालिकामा भएको बस  दुर्घटनामा उद्धार गरि सिन्धु सदाबहार अस्पतालको हेरचाहमा रहेकी बालिकालाई आफन्तको जिम्मा लगाइएको छ । ६ किलो मोड दुर्घटनापछि अस्पतालको संरक्षणमा रहेकी बालिकालाई लाई बिहिबार उनका मामा सर्लाहीका मैतेसिं लो, उनकी सानीआमा सुकुमायाँ लो र ठूलीआमा चिनमायाँ लो को जिम्मामा पठाइएको हो ।

सुनकोसी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी पौडेल, सुनकोसी ७ का वडाध्यक्ष ईश्वर तिमल्सिना, जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काफ्ले र स्थानीय अगुवाहरुको रोहबरमा बालिका जिम्मा लगाइएको अस्पतालले जनाएको छ ।

सिन्धु सदबहार अस्पतालका अध्यक्ष कमल नेपालले बालिकालाई आफन्तको जिम्मा लगाएका हुन् । जिम्मा लगाउँदा अस्पतालका अध्यक्ष कमल नेपाल, संचालक समिति सदस्य तथा अस्पतालका कर्मचारीहरुले बालिकालाई टीका लगाइदिए ।

अस्पतालको अध्यक्ष समेत रहेका लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपालले बालिकाको सुन्दर भविष्यको कामना गरे । उनले पालनपोषण, शिक्षामा केही समस्या आइपरे अस्पताल, स्थानीय सरकारले सहयोग गर्ने बताए । कालिञ्चोकबाट भक्तपुर जाँदै गरेको बा ४ ख ४४६८ नम्बरको यात्रुबस अनियन्त्रित भई सडकबाट खस्दा १६ जनाको मृत्यु भएको थियो ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस