गृहपृष्ठ ∕ समाज ∕ घाइते भन्छन्, यसरी भयो दुर्घटना घाइते भन्छन्, यसरी भयो दुर्घटना Sindhu Khabar मंसीर २९, २०७६ गते १५:४९ मा प्रकाशित लामोसाँघु, २९ मंसिर । दैवले बचायो ! दीपक तामाङ शनिबार नै दोलाखाको कालिञ्चोक मन्दिर दर्शनको लागि यात्रा सुरु गरेका थियौं। मेरो खास घर जुगल गाउँपालिकाको याङ्लाकोट हो। धेरै भयो भक्तपुरको आर्दश नगरमा बस्दै आएको। हामी सबैजसो एउटै गाउँले मिलेर कालिञ्चोक माइको दर्शन गर्ने र हिउँको रमाइलो हेर्ने भनेर गएका थियौं। हिउँले ढाकेको रमाइलो हेरिसकेपछि कालिञ्चोक माई मन्दिर दर्शन गरियो। दर्शन गरिसकेपछि गएका जति सबै एउटै बसमा फर्कियौं। बसमा ३० जना जति थियौं। राति नै फर्किदा बाटो गाह्रो भएकाले दुर्घटना हुनसक्ने डरले लिसंखुपाखरको मुडे बजारमा बस्यौं। आइतबार बिहानै मुडेबाट झरियो। सबैजना हासीखुसी थिए। लामोसाँघु–जिरी सडक अलि कच्ची थियो। सुनकोसी स्वाराको ५ किलोमा आइपुग्दा बस अचानक हल्लिन थाल्यो। त्यसपछि के भयो मलाई थाहा छैन, म त बेहोस भएछु। मलाई उद्दार गरेर खाडीचौर बजारको सिन्धुसदाबहार अस्पताल लगिएछ। मेरो अस्पतालमै होश आयो। टाउको र आँखामा चोट लागेको छ। हेर्न पनि साह्रै गाह्रो छ। चालकले जर्बजस्ती गर्दा यस्तो भयो धानकाजी तामाङ मेरो घर जुगल गाउपालिका पेपटार हो। हामी भक्तपुरमा बस्दै आएका छौं। सबै मिलेर कालिञ्चोक दर्शन गर्न गएको। फर्किदा दुर्घटना हुने डरले नै हामीहरु शनिबार बेलुका नहिँडी उतै बसेका थियौं। सुरुदेखि नै बसको स्टेरिङ साह्रो भयो भन्दै चालकले गन्थन गर्दै थिए। ५ किलोभन्दा अलि माथि आइपुग्दा मोडमा बेस्कन ब्रेक लगाएको आवाज आयो। धुँवा पनि आयो। त्यसको दुर्गन्धले मुख छापिरहेको थियौं। चालक त झ्यालबाट हाम फालेर बेपत्ता भए। हेर्दा हेर्दै बस खस्यो। आफैं चढेको बस खसेको देख्दादेख्दै म एकदमै एकोहोरो भएँ। दुई वर्षे छोरो समातेर भाउजु दाई पछाडी बसेर अत्तालिदै हुनुहुन्थ्यो। बस तल आइपुगेर बजारियो। चर्को आवाजसँगै झ्यालको सिसा फुट्यो। म बसबाट बाहिर हुत्तिएर बेहोस भएछु। अस्पतालमा होश खुल्यो। बसमा धेरै मान्छे थिएनन्। त्यही ३०–३१ जना हो। चालकले जर्बजस्ती ल्याएकाले यस्तो भयो। भाउजुसहित दाईको छोरालाई सामान्य चोट लागेको छ। यही खाडीचौरको अस्पतालमा मसँगै उपचार हुँदैछ। दाई बित्यो भन्छन्। साह्रै रुन मन लागेको छ। म चाहिँ भाग्यले बाँचें। क्याटेगोरी : समाज ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यसरी मनाए माझी समुदायले कोशी पूजा (भिडियो र तस्विरसहित) भोटेकोसीमा सिमल बिसौना गोरेटो तथा प्रतिक्षालयको उद्घाटन राष्ट्रपतिले उद्घाटन गरेको जलवायु सम्मेलनको हिसावकिताब माग गर्दै अख्तियारमा उजुरी जिल्ला युवा समितिकाे अध्यक्षमा कुमार नियुक्त धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे