सडकको काम नहुँदा यात्रुलाई सास्ती

मेलम्ची, २८ मंसिर ।
मेलम्ची नगरपालिका १२ स्थित बाहुनेपाटी देखि मेलम्ची सम्म जाने डुडे खोलामा निर्माणाधीन सडकखण्डको समयमै काम नहुँदा सवारी साधन र यात्रुले सास्ती खेप्नुपरेको छ । सडकको भित्री भागमा असरल्ल निर्माण सामाग्री राखिएको छ ।
बाटो छेउको भागमा रहेको साँघुरो बाटोमा पानि समेत ब्यवस्थित नहुँदा सवारी साधन फस्ने, दुई पांग्रे सवारी साधन चिप्लिने साथै लामो समय सम्म जाममा पर्ने समस्या लामो समय देखि झेल्दै आएको यात्रुहरुको भनाई छ । सम्बन्धि निकायलाई पटक पटक जानकारी दिदाँ पनि ठेकदार तथा सम्बन्धित निकायले ध्यान नदिएको स्थानीय गम्भीर श्रेष्ठको गुनासो छ ।
दैनिक जसो दुई पांग्रे सवारी साधन पल्टिदाँ र सवारी साधन फस्दा ठेकदार समितिले वास्ता नगर्ने गरेकोे आरोप उनीहरुको छ । खोचको सतह देखि ३०० मिटर माथि रहेको उक्त सडक खण्ड प्रति बेलैमा सम्बन्धि निकायले ध्यान दिन नसकेमा ठुलो दुर्घटना हुने सम्भावना रहेको छ ।
क्याटेगोरी : समाज
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस