आईतबार, फागुन ४, २०८१
गृहपृष्ठसमाजबर्थिङ सेन्टर बन्ने भएपछि गर्भवतीमा खुशी

बर्थिङ सेन्टर बन्ने भएपछि गर्भवतीमा खुशी


बाह्रविसे, २७ मंसिर ।
बाह्रबिसे नगरपालिकाको दुर्गम गाउ“ घुम्थाङमा बर्थिङ सेन्टर बन्ने भएपछि गाउ“ले गर्भवतीले खुशी व्यक्त गरेका छन् । केयर नेपाल र टुकीसंघ सुनकोशीको सहयोग र बाह्रबिसे नगरको समन्वयमा बन्न लागेको बर्थिङ सेन्टरको बाह्रबिसे नगरका मेयर निमफुञ्जो शेर्पाले भव्य शिलन्यास गरे ।
बाह्रबिसे बजारबाट पुग्न झण्डै एकदिन लाग्ने घुम्थाङ गाउ“मा बर्थिङ नह“ुदा महिला घरमै जोखिमपूर्ण सुत्केरी गराउन बाध्य थिए । ‘धेरैको ज्यान जाने डर हुन्थ्यो, कत्तिले ज्यानै गुमाउथ्ये, आमा बच्चाको स्वास्थ्यमा गहिरो असर पुग्थ्यो, बर्थिङ बन्ने खबरले उनीहरु खुशी छन्, ’बाह्रबिसे नगरपालिका वडा ७ घुम्थाङका अध्यक्ष मिनबहादुर श्रेष्ठले भने ।
घुम्थाङमा झण्डै सय जना सुत्केरी हुने सरकारी तंथ्याकअनुसार बर्थिङ सेन्टर बनाइन लागिएको टुकीसंघ सुनकोशीका ज्ञानेन्द्र पौडेलले जानकारी दिए । घुम्थाङस्थित ३ लाख बराबरको सरस्वती शंकर माध्यमिक विद्यालयमा महिलामैत्री शौचालय र बर्थिङ बनाइन लागिएको छ । ‘जिल्लाभर सुनकोसी गाउपालिकाको थुम्पाखर र घुम्थाङमा गरी दुई वटा बर्थिङ सेन्टर बनाइरहेका छौ,’उनले भने ।
विकट घुम्थाङका महिलाको समस्यालाई बुझेपछि बाह्रबिसे नगरपालिकाले शौचालय र बर्थिङ सेन्टर निर्माणमा पुराना संरचना हटाउने र घडेरी सम्याउने काम सकेको छ । ‘बर्थिङ सेन्टर र स्वास्थ्य चौकीसम्म अस्थायी सडक पु¥याइसकेका छौ, नगरको स्वास्थ्यको लागि मरिमेटेर लागिरहेका छौ, ’मेयर शेर्पाले भने ।


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!