Techie IT
Thursday, June 24,2021 / बुधबार, असार ९, २०७८
×
गृहपृष्ठसमाजलिस्तीका अपांगता भएकालाई न्यानो कपडा

लिस्तीका अपांगता भएकालाई न्यानो कपडा


लिस्ती, २३ मंसिर ।
सिन्धुपाल्चोकको हिमाली बस्तीका आपांगहरुले जाडोमा न्यानो कपडा पाएका छन् । भोटेकोसी गाउँपालिका १ लिस्तिका ७० जना अपांगता भएका तथा असहायले जाडोको लागि कम्बल पाएका हुन् ।
वडा कार्यालयले सबै समुदायमा गएर अपांगको तथ्याकं संकलन गरि जाडोको लाागि कम्बल वितरण गरेको हो । वडा कार्यालयले एक कार्यक्रमको आयोजना गरि सो न्यानो कपडा वितरण गरेको हो । नेपाल तरुण दल सिन्धुपाल्चोकका अध्यक्ष दोर्जे लामाको प्रमुख आतिथ्यतामा न्यानो वितरण गरिएको थियो ।


सो सहयोगपछि स्थानीय भने निकै खुसी भएका छन् । यस बस्तीलाइ हिमाली तथा चिसो बस्ती भनेर चिनिने गरिन्छ । यसरी कम्बल वितरण गरि सहयोग गर्दा वडाका सबै स्थानीयबासीले खुसी व्यक्त गरेका छन् । गरिव तथा जेहेन्दार परिवारको लागि केहि मात्रमा सहयोग पुग्ने भएकोले उनीहरुको लागि कम्बल वितरण गरेको वडा कार्यालयले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल तरुण दल सिन्धुपाल्चोकका अध्यक्ष दोर्जे लामाले स्थानीयलाइ आफुहरुले सकेको सहयोग गर्ने बताए । कम्बल मात्रै नभएर शेर्पा जातीहरुको रितिरिवाज अनुसार विवाहमा नाच्न लगाइने छुवा कपडा समेत वितरण गरेका उनको भनाई छ । साविकको लिस्तीको नौ वटै वडामा शेर्पाहरले नाचमा प्रयोग गर्ने छयूवा वितरण गरेको लामाले बताए ।
गाउँ गाउँमा घुम्ने क्रममा स्थानीयहरुको समस्या धेरै देखिएपछि यो कार्यक्रम गरिएको हो । अपांग भएका परिवारमा त्यसैले वडाबाट यसरी सहयोग गर्दा अपांगहरुलाइ केहि मात्रमा भएपनि सहयोग हुने भएकोले जाडोमा यो कपडा वितरण गरेको वडा अध्यक्ष मुके शेर्पाले बताए । अहिले चिसो मौसा भएकोले सहयोग पाइने अपेक्षा अपांग मात्र होइन सपांगले समेत गरेको अध्यक्ष शेर्पाले बताए । हामीले यो जाडोमा तातो महशुस गर्न पाउने आश पलाएको छ । यो सहयोग पाएकोमा म अन्यन्तै खुसी भएको ७८ वर्षिय रामकुमारी प्रधानले भनिन् ।
आमा अपांग हुनुहुन्छ आमा आउन नसकने भएपछि म आएको हो । वडा कार्यालयले अपांगलाइ कम्बल वितरण गर्ने भनेर खबर गरेपछि लिन आएकी छु यसरी सहयोग गरेकोमा हामीलाइ खुसी लागेको छ । हरिमाया तामाङले गरिव र जेहेन्दार परिवार त्यहाँ माथि अपांगलाइ यो सहयोग पाएको बताइन्् । हामी यसमा धेरै खुसी छौँ कम्जोरीहरलाइ सहयोग पाएपछि हर्षित भएका हरिबहादुर विकले खुसी समेत व्यक्त गरे ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!