शनिबार, असोज ६, २०८०
गृहपृष्ठसमाजपशु स्वास्थ्य शिविरबाट १५३ कृषक लाभान्वित

पशु स्वास्थ्य शिविरबाट १५३ कृषक लाभान्वित


बतासे, १२ मंसिर ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ३ बतासेमा भएको एक दिने पशु स्वास्थ्य शिविरमा एक सय ५३ कृषक लाभान्वित भएका छन् । शिविरबाट चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. २ र ३ बतासेका कृषक लाभान्वित भएका हुन् ।
कारितास जर्मनी र कारितास नेपालको सहयोगमा जनहित ग्रामीण सेवा समितिले सञ्चालन गरेको जीविकोपार्जन र खानेपानी सरसफाइ तथा स्वच्छता पुनस्र्थापना परियोजनाको आयोजना र चौतारा साँगाचोकगढी नगरपालिकाको समन्वयमा कार्यक्रमको आयोजना गरीएको थियो ।


शिविरमा सहभागी वडा सदस्य रेशम ढुङ्गानाले यस किसिमको शिविर समय समयमा आयोजना गर्नुपर्ने बताए । गाउँमा नै निःशुल्क शिविर सञ्चालन गरिँदा जनचेतनामा पनि बृद्धि हुने उनको भनाई छ ।
शिविरमा सहभागी टंक विक्रम थापाले आफ्नो भैँसी, गाई, गोरु र बाख्रा लाई आवश्यक पर्ने औषधि निशुल्क प्राप्त गर्न पाएकोमा खुसी व्यक्त गरे । गाउँमा नै शिविर सञ्चालन भएपछि चौतारा वा जलविरे पुगेर किनेर औषधि ल्याउनुपर्ने झन्झट पनि नभएको उनले बताए ।
आफ्नो कुकुर र विरालोलाई रेविज बिरुद्धको सुई लगाउन चौतारा जाने सोचमा रहे पनि कामको व्यस्तताले नभ्याइरहेकोे अवस्थामा घरैमा बसी बसी रेबिज विरुद्धको सुई लगाउन पाएकोमा हर्षित महशुस गरेको स्थानीय गोविन्द ढुङ्गानाले जानकारी दिए ।
शिविरमा १५८ वटा गाई गोरु, १९ वटा खरायो, १२८६ वटा बाख्रा, ११८३ वटा कुखुरा, ३४ वटा कुकुर, १५८ वटा राँगा भैँसीको लागी औषधि वितरण गरिएको थियो । कार्यक्रममा ५ वटा कुकुर १ वटा विरालोलाई रेविज विरुद्धको सुई राखिएको थियो । जनहित ग्रामिण सेवा समितिले समय समयमा यस किसिमको निशुल्क पशुस्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको छ ।


क्याटेगोरी : समाज
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!