शनिबार, असोज ६, २०८०
गृहपृष्ठसमाजराजमार्गमा ट्राफिक प्रहरीको जाँच कडाइ

राजमार्गमा ट्राफिक प्रहरीको जाँच कडाइ


खाडीचौर, ६ मंसिर ।
खापछिल्लो समय जिल्लामा सडक दुर्घटना बढ्न थालेपछि जिल्ला ट्राफिक कार्यालय सिन्धुपाल्चोकले दुर्घटना न्युनीकरणका लागि राजमार्ग र अन्य सडकहरुमासमेत सवारी जाँचलाइ सक्रिय बनाएको छ । जिल्लामा असोज यता तीन ठुला सवारी दुर्घटना भएपछि निकै आलोचित बनेको प्रहरी प्रशासनले पछिल्लो समय यात्रुबाहक बस, टिफर, बलेरो भ्यान, मिनी ट्रिफर र मिनी ट्रकलाइ समेत चेक जाँच गन थालिएको हो । ट्राफिक प्रहरीले गियर डब्बा माथि यात्रु नराख्न अनुरोध गर्दै आएको छ ।
साना बाहेक जिल्लामा गत असोज २४ गते भोटसिपामा, गत कार्तिक १७ मा सुनकोसी नदि सुकुटेमा, कात्तिक १४ साखुमा ठूलो संख्यामा मृत्यृ भएपछि जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आलोचना खेप्न परेको थियो । ट्राफिक प्रहरीले क्षमता भन्दा बढी यात्रु हाले, ओभरटेक गरे, सवारी साधन तब्रि गतिमा चलाएमा कार्वाही गर्ने चलक तथा सवारी धनीलाई जानकारी गर्दै चेक जाँचलाइ नियमित गरिरहेको ट्राफिक प्रहरी कार्यालय अधेँरीले जनाएकोे छ । यसरी सवारी साधन चेक जाँच गर्न थालेपछि स्थानीय र यात्रुहरु समेत खुशी भएका छन् ।
यात्रा गर्दाको अनुभव सुनाउँदै विनु पोख्रेलले सवारी दुर्घटनामा चालकको लापर्वाही हुने र यो विषयमा चेकजाँच गर्दा यात्रुलाइ सहज महशुस हुने गरेको बताइन् । गाडी भिड हुन्छ बालबच्चा बोकेर यात्रा गर्दा कठिन भइरहेको पोख्रेलले बताइन् ।
यसरी नियमित चेकजाँच गरेर सचेत गराए सवारी दुर्घटनामा कमि आउने चालक छिरिङ शेर्पाको भनाइ छ । आफुहरुले सवारी नियम अनुसार यात्रारत यात्रुहरुलाइ सेवा दिएको चालक शेर्पाले बताए ।
चालकहरुले पाठ सिक्न जारुरत देखिन्छ । अहिले छतमा मान्छे राखेर ल्याउने गरेको छैन् निरन्तर अहिले चेक जाँच गरिरहेका ट्राफिक प्रहरी प्रमुख राजेशकुमार दाहालले बताए । माथिल्लो तहले जानकारी दिएअनुसार अनुसार चेक जाँच गरिरहेको उनले बताए ।


क्याटेगोरी : समाज
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!