गृहपृष्ठ ∕ समाज ∕ सुकुटे दुर्घटनाका मृतक परिवारलाई आर्थिक सहयोग गरिने सुकुटे दुर्घटनाका मृतक परिवारलाई आर्थिक सहयोग गरिने Sindhu Khabar कात्तिक २१, २०७६ गते १७:५० मा प्रकाशित लामोसाँघु, २१ कात्तिक । सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु भएका परिवारलाई त्रिपुरासुन्दरी गाउँपालिकाले आर्थिक सहायता प्रदान गर्ने भएको छ ।१७ गते भएको उक्त दुर्घटनामा त्रिपुरा सुन्दरी गाउपालिका भित्रका मृतक परिवारलाई किरिया खर्चका लागि त्रिपुरासुन्दरी गाउँपालिकाले जनही २० हजार उपलब्ध गराउने भएको हो । गाउँपालिका अध्यक्ष भूपेन्द्र श्रेष्ठले मृतकका परिवारमा समवेदना प्रकट गर्दै गाउँपालिकाको तर्फबाट किरिया खर्चका लागि रकम सहयोग गरिएको जानकारी दिए । ४ नम्बर वडाका अध्यक्ष भोटोला थामिले पछि आवश्यक सहयोग गरिने जनाउँदै यो सहयोग तत्कालका लागि भएको उल्लेख गरे । सुकुटेमा बस दुर्घटनामा त्रिपुरासुन्दरी गाउँपालिकाको २ जना सहित १९ ले ज्यान गुमाएका थिए । एक बालिका बेपता छिन् । त्रिपुरासुन्दरी गाउँपालिका ४ कि ६ वषीया साया रानी श्रेष्ठ र चमेली श्रेष्ठको उक्त दुर्घटनामा परी ज्यान गएको थियो । साथै त्रिपुरासुन्दरी गाउँ कार्यपालिका बैठकले मृतक प्रति श्रदान्जली ब्यक्त गर्दै घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । क्याटेगोरी : समाज ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्राधिकरणको अर्काे सूचना: चौतारा, बाह्रविसे र खाडीचौर क्षेत्रमा बत्ती नजाने यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ वडा सचिवको निधन पछि जुगलमा सार्वजनिक बिदा धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ३उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ४चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ५फेरि बन्द हुने भयाे ताताेपानी नाका ६दुवै पक्षका नेकपा सिन्धुकाे पदबाट हटाउने-राख्ने हाेड,केपी पक्षकाे संयाेजकमा देउजा ७ह्योल्मो भूमि हेलम्बुमा लोभलाग्दो हिमाल (फोटोफिचर) ८काँग्रेस सभापति देउवा बाह्रबिसे आउँदै