Techie IT
Monday, June 21,2021 / आईतबार, असार ६, २०७८
×
गृहपृष्ठसमाजइन्द्रावतीमा सामुदायिक स्वास्थ्य केन्द्र

इन्द्रावतीमा सामुदायिक स्वास्थ्य केन्द्र


नवलपुर, १९ कात्तिक ।
ईन्द्रावती गाउपालिकाको ११ स्थित बोडगाउँमा सामुदायिक स्वास्थ्य केन्द्र उद्घाटन गरिएको छ् । डाक्टर तथा नर्स सहित चार शैयाको सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरिएको हो ।
स्वास्थ्य केन्द्रबाट दाँत, स्त्री रोग, मातृ शिशु कक्ष, अल्ट्रासाउण्ड र आकस्मिक स्वास्थ्य सेवा उपलब्ध हुने गाउँपालिकाका अध्यक्ष बँशलाल ताँमाङले जानकारी दिए । नेपाल फाउन्डेसन ,सेन्जा कोन्फिनो लगायत सस्थाको प्राबिधिक सहयोगमाा स्वास्थ्य केन्द्रको स्थापना गरिएको अध्यक्ष तामाङको भनाइ छ । नवनिर्मित सामुदायिक स्वास्थ्य केन्द्र बाट इन्द्रावती गाउँपालिकाको भिमटार, भोटसिपा लगायत स्थानका स्थानिय बासिन्दाहरु प्रत्यक्ष लाभान्वित हुनेछ्न । यसबाट यस क्षेत्रमा मातृ शिसु मृत्युदर घट्ने तथा स्वास्थ्य केन्द्रमा प्रसुती गराउनेको सँङख्या बढने गाउँपालिकाले बिश्वास लिएको छ ।


क्याटेगोरी : समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!