शनिबार, असोज ६, २०८०
गृहपृष्ठसमाजसुकुटे दुर्घटना ; मृतक सत्र मध्ये सातको सनाखत (नामसहित)

सुकुटे दुर्घटना ; मृतक सत्र मध्ये सातको सनाखत (नामसहित)


सुकुटे, १७ कात्तिक ।
अरनिको राजमार्ग अन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या सत्र मध्ये सातको सनाखत भएको छ । दोलखाको मुडे देउरालीबाट काठमाण्डौंका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदिमा खस्दा १५ जनाको घटनास्थलमै मृत्यु भएको हो । उपचारका क्रममा धुलिखेल अस्पताल र शीर मेमेरियल अस्पतालमा थप एक, एक को मृत्य भएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार मृतक १५ मध्ये १० महिलामा एक बालिका र पाँच पुरुषमा ३ बालक रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेका अनुसार सनाखत भएकाहरुमा दोलखा भीमेश्वर नगरपालिकाकी २४ वर्षिया रञ्जिता केसी, त्रिपुरा सुन्दरी गाउँपालिका ४ सिन्धुपाल्चोककी २७ वर्षिया चमेली श्रेष्ठ र उनकी ६ वर्षिया छोरी साइरानी श्रेष्ठ, दोलखा शैलुङ गाउँपालिका ३ की ५१ वर्षिया रत्नकुमारी राउत, सोही स्थानका ३ वर्षिय सिसन तामाङ रहेका छन् । प्रहरीका अनुसार शैलुङ गाउँपालिका ४ की बालिका सलिना तामाङ र शैलुङ गाउँपालिका ५ की चेतकुमारी बस्नेतको मृत्य भएको पुष्टी भएको हो । धुलिखेल अस्पतालमा बस्ननेतको र शीर मेमोरियलमा तामाङको मृत्यु भएको हो ।
दिउँसो सवा एक बजे भएको दुर्घटनामा अझैसम्म पनि अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा जुटिरहेका छन् । नदिमा डुबेको बसलाई क्रेनको सहयोगले बाहिर निकालिएपनि बसभित्र कोही नभेटिएको प्रहरीको भनाई छ । यात्रु सबै बगाएको अनुमान गरिएकाले मृतक संख्या अझै बढ्न सक्ने अनुमान छ । केही शवहरु खोलाले बगाएकोसमेत छ । बस सडकबाट ३५ मिटर तल खसेर सुनकोशी नदिमा पुगेको थियो ।
बसमा ४० बढी सवार रहेका थिए । प्रहरीकाअनुसार दुर्घटना ठूलो भएकाले क्षति बढ्न सक्ने छ । उनले अहिले उद्धार कार्य जारी रहेको जानकारी दिए । यात्रुलाई नदिले बगाएको हुन सक्ने भएकाले सुनकोशी नदिमा खोजीक्रम जारी छ ।


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!