Techie IT
Wednesday, December 2,2020 / बुधबार, मंसीर १७, २०७७
×
गृहपृष्ठसमाजमेलम्ची दुर्घन्धित हुँदै

मेलम्ची दुर्घन्धित हुँदै


मेलम्ची, १६ कात्तिक ।

नगरपालिकाले फोहोर फाल्ने ठाउँको ब्यवस्था गर्न नसक्दा मेलम्ची बजारमा फोहोरको थुप्रो बढ्न थालेको छ । स्थानीयले पहिलाको स्थानमा फोहोर फाल्न नदिए पछि मेलम्ची बजारको फोहोर बजारमै थुप्रिएको छ ।

स्थानीय तहको निर्वाचन हुनु भन्दा दुई महिना अघि २ महिनाका लागी अस्थाइ रुपमा मेलम्ची नगरपालिका ११ स्थित धिताल बेँसीमा फोहोर फाल्ने सहमति भएको थियो । तर स्थानीय तहहरुमा जनप्रतिनिधी आइसकेपछि स्थाइ रुपमा फोहोर फाल्ने स्थानको खाजी गर्न ६ महिना लाग्ने भन्दै म्याद थपेको थियो । तर अहिले २ वर्ष भन्दा बढी भइसक्दा समेत त्यही स्थानमै फोहोर फालिरहेको र उक्त स्थान वाताबरणीय हिसाबले समेत उपयुक्त नभएको भएपनि अरु बैकल्पिक स्थान ब्यवस्था नभएको भन्दै स्थानीयले अबरोधका गर्दा गर्दै पनि नगरपालिकाले फोहोर फालिरहेको भएपनि अहिले भने स्थानीयले १५ दिन अघिबाट फोहोर फाल्न ठप्प पारेका छन् ।

अहिले फोहोर उठाउने गाडी नआएपछि बजारमा दुर्गन्ध बढ्न थालेको छ । फोहोर फाल्न नपाएपछि बजारमा राखिएका सबै डस्बिनहरु भरिएका छन् । भरिएका डस्बिनमा भएका फोहोर तथा बासि खानेकुराहरु खान बजारका भुसिया कुकुरहरुले राती राती डस्बिन ढालेर फोहोर पोखिदिने गरेको बजारबासीले गुनासो गरेका छन् । नगरपालिकाले अहिले सम्म फोहोर फाल्ने स्थाइ ठाउँको ब्यवस्था गर्न नसक्दा बजारबासीले फोहोर आफ्नै पसल अगाडी थुपारेर राख्न बाध्य भएका छन् ।

यस अघि पनि स्थानीयले पटक पटक फोहोर फाल्न अबरोध गर्दै आएको र बजारमा फोहोर थुप्रीदै आएको भए पनि स्थाई रुपमा फोहोर फाल्ने ठाउँको ब्यवस्था गर्न नगरपालिकाले चासो नदिँदा यस्तो समस्या पटक पटक दोहोरिए पनि नगरपालिका मुक दर्शक बन्दै आएको बजारबासीले गुनासो गरेका छन् । यसबारे नगरपालिकामा कुरा गर्दा स्थायी रुपमा फोहोर फाल्ने ठाउँ अहिले सम्म नपाएको र पहिलाको ठाउँमा स्थानीयले अबरोध गरेकोले बजारको फोहोर उठाउन नसकेको बताएका छन् । फोहोर काहाँ के कसरी फाल्ने भन्ने बारे भोली नगरपालिकामा छलफल गर्ने वडा नम्बर ११ का अध्यक्ष रुद्र प्रसाद दुलालले जानकारी दिए ।


क्याटेगोरी : समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस