नवलपुरमा ४८० को निशुल्क स्वास्थ्य परीक्षण

नवलपुर, १३ कात्तिक ।
इन्द्रावती गाउँपालिकास्थित नवलपुरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । इन्द्रावती गाउँपालिकाको आयोजनामा नवलपुर प्राथमिक अस्पतालमा आज भएको शिविरमा चार सय असी जनाले स्वास्थ्य परीक्षण गरे ।
गाउँपालिकाका अनुसार शिविरमा दाँत, आँखा, नाक, कान घाँटी, भिडियो एक्सरे, स्त्री रोग, हड्डीको रोगबारे निशुल्क उपचार गरिएको थियो । उपचारमा २३ जनाको शल्यक्रिया गर्नु्पर्ने छ । उपचारपछि ४५ जनालाई आवश्वयता अनुसार चस्मा वितरण गरिएको गाउँपालिका अध्ष्यक्ष बंशलाल तामाङले जानकारी दिए । गाँउपालिका अध्यक्ष बंशलाल तामाङका अनुसार दाँतको महिला ४२ र पुरुष २७ ले उपचार गरे ।
रोटरी क्लब अफ महाराजगञ्ज तथा सयूंक्त राज्य अमेरिकास्थित रोटरी क्लबहरुको सहयोग तथा सह आयोजनामा शिविर भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष वंशलाल तामाङका अनुसार अनुभवी नेपाली डाक्टरसहित अमेरिकाबाट १७ जना स्वास्थ्य भिजिटरहरु शिविरमा आएका थिए ।
शिविरमा दाँत, आँखा, नाक, कान घाँटी, भिडियो एक्सरे, स्त्री रोग, हड्डीको रोगबारे निशुल्क उपचार गरिएको थियो ।
क्याटेगोरी : समाज
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस