Techie IT
Sunday, February 28,2021 / शनिबार, फागुन १५, २०७७
×
गृहपृष्ठसमाजचौताराका नेवार समुदायले १३ गते लगाए भाइटिका

चौताराका नेवार समुदायले १३ गते लगाए भाइटिका


चौतारा, १३ कात्तिक । नेवार संस्कृति र परम्परा अनुसार एकै दिन दुई चाड नपर्नृे हुँदा अन्य स्थान जस्तै चौताराका नेवार समुदायले आज (बुधबार) भाइटिका लगाएका छन् । यसपटकको भाइटीका कार्तिक १२ गते पर्ने भएपनि सिन्धुपाल्चोकका नेवार समुदायले भने कार्तिक १३ गते भाइटीका मनाएका हुन् । सिन्धु नेवा खल, सिन्धुपाल्चोकको बैठकले यसपटकको भाइटीका कार्तिक १३ गते मनाउने निर्णय गरेअनुसार आज उनीहरुले टीका लगाएको सिन्धु नेपवाः खलले जानकारी दिएको छ ।
खलका अध्यक्ष माधवलाल कर्मचार्यले कार्तिक ११ गते लक्ष्मी पूजा, १२ गते म्ह पुजा र न्हू दँ, त्यस्तै ३ गते भाइटीका मनाउने निर्णय गरेको जानकारी दिए । नेवार सँस्कृति र परम्परा अनुसार एकै दिनमा दुईवटा चाड नपर्ने र साइत हेरेर पर्व मनाउने चलन नभएको हुनाले कार्तिक १३ गते नै भाइटिका मनाउने निर्णय गरेको थियो । खललका सचिव कमलचरण कक्षपतिले नयाँ वर्ष नेपा संवत ११४० धुमधामले मनाएको जानकारी दिए ।
सदरमुकाम चौतारामा रहेका नेवार समुदायले आफ्नो संस्कृति झल्कने पोशाकसहित भाइटिका लगाएको कक्षपतिको भनाई छ ।

तस्वीर सामाजिक सञ्जालबाट लिइएको हो ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस