Techie IT
Tuesday, December 1,2020 / मंगलबार, मंसीर १६, २०७७
×
गृहपृष्ठसमाजवृद्धवृद्धालाई न्यानोसँगै खाद्यान्न

वृद्धवृद्धालाई न्यानोसँगै खाद्यान्न


चौतारा, ७ कात्तिक ।
चौतारा वृद्धाश्रममा आश्रित वृद्धवृद्धालाई न्यानो दोसल्लासँगै खाद्यान्न वितरण गरिएको छ । नेपाल तरुण दल सिन्धुपाल्चोकले न्यानो दलको दलको ६६ औं स्थापना दिवसको अवसरमा आश्रममा रहेका १२ जना वृद्धवृद्धालाई दलले न्यानो दोसल्लाका साथै खाद्यान्न वितरण गरेको हो ।
खाद्यान्नमा दैनिक आधारभूत आवश्यकतामा रहेको चामल, दाल, चिनी, तेलगायतका सामग्री उपलव्ध गराइएको थियो । बृद्धाश्रममै पुगेर तरुण दल सिन्धुपाल्चोकका अध्यक्ष दोर्जे लामाले खाद्यान्न वितरणका साथै सबै वृद्धवृद्धालाई जाडोमा काम लाग्ने दोसल्ला ओडाएका हुन् ।
दलको स्थापना दिवसको अवसरमा अन्य कार्यक्रम भन्दा आश्रममा रहेका वृद्ध वृद्धालाई सहयोग गर्दा सार्थक हुने भएकाले आश्रममा सहयोग गरेको अध्यक्ष लामाले बताए । दाताहरुको सहयोगमा सञ्चालित आश्रममा भएको यो सहयोगले आश्रम सञ्चालनमा थप राहत मिलेको आश्रमकी अध्यक्ष होमकुमारी पुरीले बताइन् । आश्रम सञ्चालनमा कुनै समस्या परे निरन्तर सहयोग गर्न आफु तयार रहेको सामाग्री हस्तान्तरणको क्रममा अध्यक्ष लामाले आश्वासन दिएका थिए ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस