शुक्रबार, कात्तिक ५, २०७८
गृहपृष्ठसमाजकरेन्ट लागेर एकको मृत्यु

करेन्ट लागेर एकको मृत्यु


बाह्रविसे, ६ कात्तिक ।
भोटेकोशी गाउँपालिका ४ हिन्दीमा करेन्ट लागेर एकको मृत्यु भएको छ । आज (बुधबार) सोही स्थानका ६० वर्षिय गोरे श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीका अनुसार छिमेकी रुक्मिणी कार्कीको भुकम्पले भत्काएको २ तले घरको छतमा रहेको पानी ट्यांकी राख्ने स्ट्याण्ड लिन जाँदा करेन्ट लागेको थियो । स्ट्याण्डलाई फलामको भ¥याङबाट तल झार्ने क्रममा नजिकै रहेको थ्री फेज लाइनमा छुन जाँदा गारेलाई करेन्ट लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । उनकाअनुसार घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसेमा ल्याएर उपचार गर्दै गर्दा मृत्यु भएको हो ।


क्याटेगोरी : समाज
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!