Techie IT
Saturday, December 5,2020 / शनिबार, मंसीर २०, २०७७
×
गृहपृष्ठसमाजवेश्यावृत्ति गर्ने, गराउने अभियोगमा चौताराका एक युवा जेल चलान

वेश्यावृत्ति गर्ने, गराउने अभियोगमा चौताराका एक युवा जेल चलान


चौतारा, ४ कात्तिक ।
महिला तथा किशोरीलाई प्रलोभनमा पारी घरमै यौनशोषण गर्ने र गराउँदै आएको अभियोगमा प्रहरीले सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिकाका एकसहित तीन जनालाई जेल चलान गरेको छ ।
सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–६ घर भई हाल मध्यपुरथिमि–९ बोडेमा घर भाडामा बस्दै २५ वर्षीय राजेश गिरी पक्राउपछि जेल चलान भएका हुन् । त्यस्तै मध्यपुरथिमि चपाचो घर भई बोडे बस्ने ५० वर्षीये श्रीकान्त प्रजापति गिरी सँगै जेल चलान भएका छन् । उनीहरुसँगै पक्राउ परेकी धादिङ फुलखर्क गाउँपालिका–४ घर भई बोडेमा डेरा गरी बस्ने २९ वर्षीया सोनिया तामाङ भन्ने सविना तामाङ (गुरुङ)लाई पनि जेल चलानको आदेश दिएको हो । जिल्ला अदालत भक्तपुरले तीनै अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि प्रहरीले जगन्नाथदेवल कारागार काठमाडौँ पठाएको प्रहरीले जनाएको छ ।


पक्राउ परेकाहरुले मध्यपुरथिमि नगरपालिका–९ बोडे सिन्टीटारस्थित श्रीकान्त प्रजापतिलगायतले विभिन्न पुरुष बोलाई मादक पदार्थ सेवन गराई महिला तथा किशोरीलाई वेश्यावृत्तिमा लगाउने गरेको पीडित महिलाको उजुरीको आधारमा प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले छापामा मारी पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।
महिला तथा किशोरीलाई समेत मादक पदार्थ सेवन गराई जबर्जस्ती यौनकार्यमा संलग्न गराउने र यौन शोषण गर्ने गरेको उजुरीलगत्तै प्रहरीले गत भदौ २३ गते पक्राउ गरी मुद्दा चलाएको उनले बताए।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस