गृहपृष्ठ ∕ समाज ∕ गाउँमा भब्य विद्यालय, विद्यार्थी र अभिभावक खुशी गाउँमा भब्य विद्यालय, विद्यार्थी र अभिभावक खुशी Sindhu Khabar कात्तिक १, २०७६ गते १४:०२ मा प्रकाशित बाह्रविसे, १ कात्तिक । बाह्रबिसे नगरपालिका वडा ५ र ६ मा जर्मनको र नमस्ते नेपालको सहयोगमा आठ वटा भव्य भवन ठडिए । प्रदेश नं। ३ का पर्यटन तथा वन मन्त्री अरुण नेपालसहित दातृ निकाय जर्मन र होल्याण्ड पाहुनाले एकैसाथ विद्यालय जनप्रतिनिधि, स्थानीयलाई जिम्मा लगाए । ‘चार वर्षपछि बालबालिकाले बल्ल पक्की भवन पाएका छन्, त्यसैको खुशीले उनीहरु खुब रमाएका छन्,’ बाह्रबिसे नगर सिर्गाचेस्थित सिर्गाचे आधारभुत विद्यालयकी प्रधानध्यापक विष्णुदेवी पराजुलीले भनिन् । दातृ निकाय जर्मनी र होल्याण्डका विदेशी पाहुना स्टेफन, डाग्मार, फ्रिच्स्, मनिका, मन्त्रीलाई बालबालिकाले फूलमालाले भव्य स्वागत गरेको उनले सुनाइन् । गातीस्थित काली देवी माध्यमिक विद्यालयबाहेक सेती देवी, गोरखनाथ, बाल हित, सिंगार्चे, श्री खडादेवीजस्ता आठ विद्यालयले सुविधाजनक भवनसगै शौचालय पाएका छन् । ७ करोड पचास लाखमा ५३ कक्षा कोठाको विद्यालय र २० कोठाको शौचालय निर्माण सकिएको नमस्ते नेपालका जिल्ला संयोजक निमाछिरिङ लामाले बताए । उनकानुसार विगत १५ बर्ष देखि गुणस्तर शिक्षा तथा शैक्षिक विकासको लागि नमस्ते नेपालले निजि शिक्षकको तलबदेखि आवश्यक सबै सहयोग र कक्षा व्यवस्थापन गर्दै आइरहेको छ । त्यसैगरी गोरखा, रसुवा, डोल्पादेखि सिन्धुपाल्चोकसम्म गरी विभिन्न जिल्लामा १३ वटा विद्यालय बनाएको छाया नेपालले ८४ लाखमा सुनकोसी–४ मा गणेश माविको आर्कषक ठड्यायो । जापान राजदुतावास, चाइल्ड फर जापानको आर्थिक र टुकी संघको समन्वयमा झण्डै दुई करोड बराबरको भव्य विद्यालय पाएपछि सुनकोसी वडा ३ का बालबालिका मख्ख परे । टाटा ट्रस्ट र सिप्रदियन सहायता संस्थाले ७ वटा विद्यालयमा चार वटा बनाइसकेको छ । क्याटेगोरी : समाज ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता इन्द्रावतीमा विद्युत चोरी गरे सुविधा रोक्का, काठको पोलमुक्त बनाइँदै महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह पत्रकार महासंघको ‘१३ बुँदे हेलम्बु घोषणापत्र’ जारी, यस्ता छन् निर्णय धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ५चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ६फेरि बन्द हुने भयाे ताताेपानी नाका ७महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह ८दुवै पक्षका नेकपा सिन्धुकाे पदबाट हटाउने-राख्ने हाेड,केपी पक्षकाे संयाेजकमा देउजा