गृहपृष्ठ ∕ समाज ∕ अस्पतालको शैयामा सेनानी सम्मान अस्पतालको शैयामा सेनानी सम्मान Sindhu Khabar असोज १४, २०७६ गते १८:१५ मा प्रकाशित चौतारा, १४ असोज । स्वास्थ्यमा समस्या उत्पन्न भइ सैनिक अस्पताल छाउनीमा उपचाररत एक सामाजिक अभियन्तालाई अस्पतालको शैयामै सम्मान गरिएको छ । २००७ सालदेखि निरन्तर कांग्रेस पार्टीमा आवद्ध भई राजाको कदमको विरुद्ध र जनमत सग्रहको पक्षमा खुलेर लागेका सामाजिक अभियन्ता ८५ बर्षिय ईन्द्रबहादुर भण्डारीलाई उनको योगदानको उच्च मुल्यांकन गर्दै सम्मान गरिएको हो । प्रजातान्त्र सेनानी संघ सिन्धुपाल्चोकले गरेको सम्मान पत्र अस्पतालमै पुगेर हस्तान्तरण सहित स्वास्थ्यलाभको कामना गरिएको नेपाली कांग्रेस सिन्धुपाल्चोकका पूर्व सभापति भूपेन्द्रबहादुर थापाले जानकारी दिए । प्रजातन्त्रका सेनानी भण्डारीको त्याग, निष्ठा, समर्पण, योगदान र महत्वपुर्ण इतिहाँसलाइ प्रदान गरिएको यो सम्मानले युवा वर्गमा थप हौसला, प्रेरणा, गौरव पुगेको छ । सम्मानपत्र प्रदान गर्न नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला सभापति बिकास लामा, पूर्व सभापति भुपेन्द्रबहादुर थापा, प्रजातान्त्र सेनानी संघ सिन्धुपाल्चोकका सभापति राजेन्द्रमान ताल्चाभडेल, महासमिति सदस्य लीला नेपाल, युवा नेता तथा महाधिवेशन प्रतिनिधि बलदेव तिमिल्सिना, नेपाल महिला संघ, सिन्धुपाल्चोकका सभापति गीता नेपाल, नेपाली काग्रेस त्रिपुरासुन्दरी गाउँपालीका अध्यक्ष देवीराज श्रेष्ठ, सचिब मिठु बोहरा लगाएत नेताहरु पुगेका थिए । यस महान तथा ऐतिहाँसिक कार्यका निम्ति प्रजातन्त्र सेनानी संघ सिन्धुपाल्चोक सहित सम्पुर्ण आदरणीय व्यक्तित्त्वहरू एवं शुभचिन्तकज्युहरुप्रती हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्दै श्री ईन्द्र बहादुर भण्डारी ज्यु को शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । क्याटेगोरी : समाज ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अँधेरीमा प्रहरीकाे बलजफ्ती पछि झडप, अवरुद्घ सडक खुल्याे बसले ठक्कर दिएर मृत्युु भएपछि अँधेरीमा सडक अवरुद्घ सुकुटेमा बसले मोटरसाइकललाई हान्यो, एकको मृत्यु पत्रकार ध्रुव दंगाल सम्मानित धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ६काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ७सुकुटेमा बसले मोटरसाइकललाई हान्यो, एकको मृत्यु ८लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम