गृहपृष्ठ ∕ समाज ∕ जुवा तास खेले या खेलाइएमा १५ हजार जरिवाना ! जुवा तास खेले या खेलाइएमा १५ हजार जरिवाना ! Sindhu Khabar असोज १२, २०७६ गते ११:४४ मा प्रकाशित थाङपालधाप, १२ असोज । नजिकिदै गरेको दशैं, तिहार र छठ पर्वमा सामाजिक विकृतिको रुपमा रहेको जुवातास खेलेमा या खेलाएमा १५ हजार रुपैयाँसम्म जरिवाना हुने भएको छ । कुनै पनि समय र स्थानमा जुवा तास खेलाइए पाँचपोखरी थाङपाल गाउँपालिकाले जरिवाना गर्ने भएको हो । स्थानीय मेलमिलाप केन्द्र, प्रहरीका प्रतिनिधि, जनप्रतिनिधि र न्यायिक समितिले कारवाही गर्ने गाउँपालिकाले सूचना जारी गरेको छ । सूचनाअनुसार मादक पदार्थ बेलुकी ५ देखि ७ बजे मात्र खान पाइनेछ । सो समयबाहेक विक्रिी वितरण गरेमा ५ हजार रुपैयाँ सम्म जरिवाना लाग्नेछ । सार्वजनिक स्थानमा बसेर मादक पदार्थ सेवन गर्नसमेत मनाही गरिएको गाउँपालिकाले जनाएको छ । चाडपर्वमा सामाजिक विकृति नहोस भन्ने हेतुले यस्तो सूचना जारी गरिएको हो ।मादक पदार्थ सेवन गरेर होहल्ला तथा झैझगडा गरेमा ३ हजार रुपैयाँ जरिवानाका साथै नैतिकता विरुद्धको अपराधसमेत व्यहोर्नुपर्ने गाउँपालिकाद्धारा जारी गरिएको सूचनामा उल्लेख छ । क्याटेगोरी : समाज ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यसरी मनाए माझी समुदायले कोशी पूजा (भिडियो र तस्विरसहित) भोटेकोसीमा सिमल बिसौना गोरेटो तथा प्रतिक्षालयको उद्घाटन राष्ट्रपतिले उद्घाटन गरेको जलवायु सम्मेलनको हिसावकिताब माग गर्दै अख्तियारमा उजुरी जिल्ला युवा समितिकाे अध्यक्षमा कुमार नियुक्त धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ७चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे