मंगलबार, कात्तिक ९, २०७८
गृहपृष्ठसमाजजिल्लाभर डेंगु सचेतना अभियान

जिल्लाभर डेंगु सचेतना अभियान


चौतारा ७ असोज-डेंगुको कारण एक जनाको ज्यान गएपछि डेंगु संक्रमण सचेतना अभियान जिल्लाभरको गाउ“देखि बजारक्षेत्रभर तीव्र बनाइ“दै लगिएको छ । हिमाली गाउ“देखि बजारक्षेत्रका नगरपालिकासम्म डेंगुको परिक्षण गर्दै सावधानी सचेतना फैलाउन थालिएको हो ।
वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंकानुसार इन्द्रावतीलाई केन्द्र बनाएर तीन नगरदेखि नौ गाउ“पालिकाभर डेंगु सचेतना अभियानअन्र्तगत परिक्षण,संक्रमण नाश कार्यक्रम भइरहेको छ । प्रत्येक स्थानमा स्थलगत रोकथामको लागि प्रत्येक स्थानमा ‘संक्रमणको खोजी र संक्रमित लामखुट्टे मार्नेजस्ता अनेक विधिलाई लिएर सचेतना क्रियाकलाप भइरहेको छ ।
तत्कालै सावधानी अपनाउने कार्यक्रम व्यापक बनाएपछि डेगुंको संक्रमण संम्भावना नभएको अनुसन्धानमा पाइएको उनको भनाइ छ । डेगुंको भाइरस ‘एडिस’ संक्रमित लामखुट्टेले टोकेलगत्तै उच्च ज्वरो आउने, आ“खाको गेडी दुख्नु, जोर्नी मासपेशीमा अत्यधिक पीडा हुनु, शरिर चिलाउने प्रारम्भिक लक्षण देखिन्छ । ‘त्यसपछि निरन्तर वान्ता हुनु ,पेट दुख्नु,दिसा कालो भएर गिजा तथा नाकमुखबाट रग आउने डेगुंको खतराको संकेत हो, तत्कालै यसको उपचार नभएपनि लक्षण हेरेर सिटामोल झोल पदार्थ पिउनुपर्छ,’ चापागाईंले भने ।
यस्ता लक्षण देखिएमा तत्कालै डेंगुको उच्च जोखिमलाई कम गर्नको लागि उपचारमा लागिहाल्नुपर्ने उनले सुझाए । विशेष स्वास्थ्य टोली स्थलगत पुगेर जिल्लाभर जनप्रतिनिधिको सहजीकरणमा डेंगु देखिएको तौथली ,भिमटार,सुनकोसीदेखि चौतारासमेत् अध्ययन जारी राखिएको छ । तराईक्षेत्रमा मात्रै देखिने डेगुंको त्रास जिल्लाभर फैलिएपछि बाह्रैवटा स्थानीय सरकारस“ग समन्वय गरेर सचेतना अभियान अगाडी बढाइएको उनले प्रष्ट्याए ।
माझी,दनुवार, नेवार ,तामाङ समुदायमा डेंगु अभियानलाई सार्थक बनाउन एक भएर लागिरहेको इन्द्रावती गाउ“पालिकाका प्रमुख वंशलाल तामाङले बताए । ‘डेंगुको कारणले एक जना गुमेपछि गाउ“भर यही समस्या दोहोरिन नदिन सक्रिय भएर लागेका छौ, गाउ“ बजारमा सावधानी तालिम चलाइरहेका छौ,’उनले भने । इन्द्रावती गाउ“पालिकाभर जनप्रतिनिधि र स्वास्थ्यकर्मीबीच समन्वय गरेर डेंगु सचेतना अभियानलाई विशेष रुपमा फैलाइरहेको उनले जनाए ।
डेंगुबाट बच्नको लागि स्वास्थ्यकर्मीले प्रमुख काम लामखुट्टेको टोकाइबाट बच्नको लागि सुझाएका छन् । त्यसैगरी लामखुट्टेको वृद्धी विकासमा नियन्त्रण, घरआगन नजिकै पानी जम्न नदिइ सरसफाई गर्ने ,ढल र नालीमा मट्टितेल छर्कने,खानेपानीमा ढकन लगाएर राख्नेदेखि कुलर सफा राख्न अनिवार्य गरिएको छ ।
चौतारावासीलाई पनि डेंगु
चौताराको जिल्ला अस्पतालमा समेत चौतारा बजारकै दुई स्थानियमा परीषणका क्रममा डेंगु देखिएको थियो । तर उनिहरुमा काठमाडौ लगायत तराईका जिल्लाबाट आउदा सक्रमित लामखुट्ेले टोक्दा डेंगु रोग देखिएको जिल्ला अस्पताल चौताराले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार प्रदेश ३ मा तीन हजार ९२९ जना डेंगु संक्रमित भएको पाइएको छ। मन्त्रालयका अनुसार साउनदेखि असोज १ सम्म सबैभन्दा धेरै प्रदेश ३ मा संक्रमित फेला परेका हुन्। डेंगुबाट मृत्यु हुनेको संख्या पनि प्रदेश ३ मै धेरै देखिएको छ। प्रदेश नम्बर ३ का जिल्लाहरु काठमाडौँमा २, सिन्धुपाल्चोक र चितवनमा १र१ गरी अहिलेसम्म चार जनाको मृत्यु भइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!