बुधबार, मंसीर २०, २०८०
गृहपृष्ठसमाजसिन्धु युएस वेलफेयरले गर्यो एसइईमा उत्कृष्ठ नम्बर ल्याउने पाँच विद्यार्थीलाई सम्मान

सिन्धु युएस वेलफेयरले गर्यो एसइईमा उत्कृष्ठ नम्बर ल्याउने पाँच विद्यार्थीलाई सम्मान


काठमाडौँ । सिन्धु युएसए वेल्फेयर सोसाईटी र सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले सिन्धुपाल्चोक जिल्लाबाट उत्कृष्ट अंक ल्याएर एसईई परीक्षामा पास हुने विद्यार्थीलाई सम्मान गरेको छ ।

शनिबार काठमाडौँको बुद्धनगरमा आयोजित सम्मान कार्यक्रममा २०७९ को एसईईको परीक्षामा सहभागी भइ उत्कृष्ट अंक ल्याएर पास हुने विभिन्न विद्यालयका विद्यार्थी सम्मानित भएका हुन् ।

अमेरिकामा बस्दै आएका सिन्धुपाल्चोकबासीले जिल्लाका विभिन्न विद्यालयका दुई छात्र र तीन छात्रालाई सम्मान गरेका हुन् ।

मेलम्ची ध्याङ  माध्यमिक विद्यालय हेलम्बुक विवेक श्रेष्ठ, मेलम्ची ध्याङ  माध्यमिक विद्यालय हेलम्बुका आश्विन तामाङ, बालशिक्षा माध्यमिक खाडीचौरका संस्कृति चालिसे, प्रगति इंग्लिस सेकेण्डरी स्कुल मेलम्चीकी खुसी श्रेष्ठ र , प्रगति इंग्लिस सेकेण्डरी स्कुल मेलम्चीकी सजना बस्नेत सम्मानित भएकी हुन् ।

सम्मानित हुने विद्यार्थीलाई २१ हजार नगद र प्रमाणपत्रसहित सम्मानित भएका हुन् । त्यसैगरी युसए वेल्फेयर सोसाइटीले अध्ययन पूरा गराएको विद्यार्थी दावा शेर्पालाई आजै विदाइ पत्रसहित सम्मान गरेको छ ।

यस पटक छात्रतर्फ ३.९५ दुई जना र छात्रातर्फ ३.०९ तीन जनाले प्राप्त गरेका कारण पाँच जनालाई सम्मान गरिएको हो । सिन्धु युएस वेलफेयर सोसाइटीका संस्थापक वंशलाल तामागंले यो सहयोग रकम धेरै नभएपनि विद्यार्थीका लागि थोरै सहयोग पुग्ने बताए । उनले गाउँमै उच्च शिक्षा हासिल गर्ने वातावरण सरकारले तयार गरोस् भन्ने माग गरेका छन् । उनले विद्यार्थीको उच्च भविष्यको कामना समेत गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि तथा उद्योग वासणजय संघका केन्द्रीय सदस्य वेद बहादु र श्रेष्ठले सिन्धु वेलफेयर सोसाइटीले गरेको कामले आफू निकै प्रभावित भएको बताए । यस्तै उद्योग वाणिज्य संघका अध्यक्ष होम बहादुर बस्नेतले विद्यार्थीहरुलाइ रोजगारी दिन आफू तयार रहेको बताए । उनले भने, ‘लगनशील विद्यार्थीहरुलाई पठनपाठन अगाडि बढाउन गाह्रो भए कामका साथसाथै पढ्नका लागि केही काम दिन आफू सक्षम छु भाइबहिनीले सम्पर्क गर्नुहोला ।’

छात्रवृत्तिले विद्यार्थीको लगनशीलतामा थप टेवा पुग्ने विश्वास गरिएको छ । हालसम्म संस्थाको पहलमा सिन्धुपाल्चोकका अतिविपन्न १९ बालबालिकालाई निजी विद्यालयमा निःशुल्क अध्ययन गर्ने व्यवस्था मिलाएको छ ।

सम्मान कार्यक्रमको सभापतित्व वंशलाल तामाङले गरेका थिए ।  हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठ, सिन्धुपाल्चोक  जिल्ला शिक्षा समन्वय प्रमुख कृष्णप्रसाद सुवेदी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बेदबहादुर श्रेष्ठ र उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष होम बहादुर बस्नेतले सम्मानि हुने विद्यार्थीको उज्वल भविष्यको शुभकामाना सहित बधाई ज्ञापन व्यक्त गरेका थिए ।

 


क्याटेगोरी : समाज
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!