बुधबार, असोज १७, २०८०
गृहपृष्ठसमाजअनेरास्ववियु सचिवालय बैठकका लागि बाह्रबिसे जाँदै गरेका दुई जनाको दुर्घटनामा मृत्यु

अनेरास्ववियु सचिवालय बैठकका लागि बाह्रबिसे जाँदै गरेका दुई जनाको दुर्घटनामा मृत्यु


सिन्धुपाल्चोक – चौतारा साँगाचोकगढी नगरपालिका(९ घुमाउने डाडाँमा मोटरसाइकल दुर्घटना हुदाँ द्ई जनाको मृत्यु भएको छ । अरनिको राजमार्ग अन्तर्गत खाडिचौरबाट बन्देउतर्फ जाँदै गरेको ना.८ ख ३७६ नं.को पेट्रोल बोक्ने ट्याङकरले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०२-०३१ प ५९७६ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

मृतयु हुनेमा मोटरसाईकल चालक पाचपोखरी थाङपाल गाउँपालिका १ बासखर्कका समिर तामाङ र मोटरसाईकल पछाडि बस्ने मेलम्ची नगरपालिका ११ का नबिन पाण्डेको उपचारको क्रममा धुलिखेल अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सुचना अधिकारी संजिब कुमार यादवले जानकारी दिए ।

ठक्कर दिने ट्याङकर र चालक मकवानपुर थाहा नगरपालिका १२ का भिम बहादुर तितुङलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ । मृतक दुवै जना अनेरास्ववियू सचिवालय बैठकका लागि बाह्रबिसे जाने क्रममा दुर्घटना भएको बताइएको छ ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!