बुधबार, असोज १७, २०८०
गृहपृष्ठसमाज५ किलाेमा स्करपियाे दुर्घटनामा दुई जनाकाे मृत्यु

५ किलाेमा स्करपियाे दुर्घटनामा दुई जनाकाे मृत्यु


खाडिचाैर। दोलखाबाट काठमाडौं जाँदै गरेको स्करपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ गम्भीर घाइते भएका छन् ।

सुनकाेसी गाउँपालिका ५ किलाे नजिकै दुर्घटना हुँदा चालक उत्तमराज महर्जन र सिन्धुपाल्चोकका स्थानीय बलबहादुर खत्रीकाे मृत्युु भएको   ट्राफिक प्रहरीले जानकारी दिएको छ।

बा १५ च ९३७० नम्बरको स्करपियो गाडी लामोसाँघु जिरी सडक खण्डको ५ किलो नजिकै राती २ बजे दुर्घटना हुँदा ३०० मिटर तल खसेको थियाे । राति बचाउ भन्ने आवाज सुनेपछि स्थानीयले घाइतेको उद्दार गरेको स्थानीयले बताएका छन् ।


क्याटेगोरी : समाज
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!