बुधबार, असोज १७, २०८०
गृहपृष्ठसमाजहेलिकोप्टर लिएर बाढी निरिक्षणमा गए स्वास्थ्यमन्त्री बस्नेत

हेलिकोप्टर लिएर बाढी निरिक्षणमा गए स्वास्थ्यमन्त्री बस्नेत


मेलम्ची । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत हेलिकोप्टरमार्फत बाढी निरिक्षण गर्न पुगेका छन् । आफ्नो निर्वाचन क्षेत्रमा बाढीले बजार, विद्यालय र पुलमा क्षति पुर्याएपछि मन्त्री बस्नेत निरिक्षणमा निस्किएका हुन् ।

लगातारको वर्षाले मेलम्ची खोलाले ग्याल्थुम बजार, सरस्वती माविर चनौटे बजारमा क्षति पुर्याएको छ । मन्त्री बस्नेत यही क्षेत्रबाट निर्वाचित भएका हुन् । बाढीले क्षति पुरयाएको स्थान चनौटेको अवलोकन गर्दै मन्त्री बस्नेतले बाढी कम हुँनासाथ आरसीटी ढलान गरेर कटान रोक्ने बताए ।

 


क्याटेगोरी : समाज
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!