बुधबार, मंसीर २०, २०८०
गृहपृष्ठसमाजसिन्धु बहिरा आधारभूत विद्यालयका विद्यार्थीलाई उद्योग वाणिज्य संघकाे लत्ताकपडा र नगद सहयोग

सिन्धु बहिरा आधारभूत विद्यालयका विद्यार्थीलाई उद्योग वाणिज्य संघकाे लत्ताकपडा र नगद सहयोग


सिन्धुपाल्चोक : सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले ३० जना बालबालिकालाई सहयोग गरेको छ। संघको २९ औँ स्थापना दिवसको अपसरमा संघले बालबालिकालाई सहयोग गरेकाे हाे। अध्यक्ष होमबहादुर बस्नेत(राजकुमार)ले ३० जना बालबालिकालाई ट्रयाक सुट, टी सर्ट र खाजा वितरण गरेकाे जानकारी दिए।

बाह्रबिसे नगरपालिका-८ मा रहेको सिन्धु बहिरा आधारभूत विद्यालयका फरक क्षमता भएका ३० जना बालबालिकालाई संघले सहयोग गरेको उनले बताए।

विद्यालयको प्रधानाध्यापक मैना कार्कीले संघले गरेको सहयोगले बालबालिकाको पढाइमा थप सहयोग पुग्ने बताइन्। सो अवसरमा संघका अध्यक्ष बस्नेतले विद्यालय व्यवस्थापनका लागि ५१ हजार रुपैयाँ सहयोगसमेत गरे।


क्याटेगोरी : समाज
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!