लिदी पहिराे पीडितकाे स्थानान्तरण सुरु, आफ्नै वडामा सुवाेधकाे स्वागत

कुविण्डे-३९ स्थानीयको ज्यान जाने गरी निम्तिएको लिदी पहिरोको ३० महिनापछि बल्ल प्रभावित परिवारको स्थान्तरण प्रक्रिया सुरु भएको छ ।
प्रभावितमध्ये चौतारा स्थान्तरण रोजेका ४१ परिवारले पहिलो चरणमा मंगलबार जग्गाधनी प्रमाणपूर्जा हात पारेका छन् ।
यी ४१ परिवार चौतारा–४ को देउरालीमा बस्ती विकास गरी बस्नेछन् । उनीहरुलाई एक समारोहबीच माओवादी पोलिट्व्यूरो सदस्य तथा सिन्धुपाल्चोक क्षेत्र नं. १ का सांसद माधव सापकोटा सुबोधले लालपूर्जा वितरण गरे ।
उनीहरुको लागि सरकारी अनुदानमा देउरालीमा ४१ रोपनी जग्गा खरिद गरिएको छ । नयाँ बन्ने बस्तीको लागि सडक विस्तारको क्षेत्र छोडेर प्रतिप्रभावित परिवारले १३ आना जग्गा पाएका छन् ।
जग्गा खरिदको लागि प्रभावितले संघीय, प्रदेश र स्थानीय सरकारबाट संयूक्त ३ लाख रुपैयाँ पाएका हुन् । प्रभावितले सदरमुकाम नजिकै सस्तोमा प्रतिरोपनी ३ लाख रुपैयाँको दरले जग्गा पाएका हुन् ।
२०७७ असार ३० गते जुगल गाउँपालिका–२ को लिदी गाउँ बगाउँदा ३९ स्थानीयको ज्यान गएको थियो । त्यस्तै २ सय ९ परिवार गाउँबाट विस्थापित भएका थिए ।
पहिरो घटनादेखि नै स्थानीय जुगल गाउापालिकाकै सेलाङ, बाँसखर्क, चौतारा, चनौटे लगायत स्थानमा विस्थापित जीवन गुजार्दै आएका छन् । धेरैको बसोवास बाँसखर्कमा छ ।
बाढीपहिरो पीडितलाई नेपाल सरकार स्वामित्वको विपद् व्यवस्थापन प्राधिकरणमार्फत हेर्ने गरी भूकम्प पीडित झैँ अनुदानमा घर बनाएर बसाल्ने नीति सरकारले लिएको छ । सोही नीतिअनुसार लिदी पहिरो प्रभावित लाभग्राहीमा समेटिएका हुन् ।
लिदी पहिरो पीडितमध्ये २७ परिवारलाई चनौटे, ६८ लाई सेलाङको बाँसखर्कमा स्थानान्तरण गर्ने गरी घँडेरी प्राप्तिको योजना अघि बढेको जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्यांवोले बताए । उनकाअनुसार बाँकी प्रभावितलाई जुगलकै सिमलडाँडामा स्थानान्तरण गर्ने गरी जग्गा हेर्ने काम भइरहेको छ ।
बाढी प्रभावितले थातथलोमा सुरक्षित स्थानमा घर बनाउने जमिन नभएर जग्गा किन्न ३ लाख र आवास बनाउन ५ लाख रुपैयाँ अनुदान दिने सरकारी नीति छ । दुबै अनुदानमा स्रघीय, प्रदेश र स्थानीय सरकारले लगानी बेहोर्नु पर्ने दायित्व रहेको गाउापालिका अध्यक्ष स्यांवो बताउँछन् ।
मेरो वडामा स्वागत छ–सापकोटा
प्रभावितलाई जग्गाधनीपूर्जा वतिरण गद्र्रै प्रतिनिधि सभा सदस्य माधव सापकोटा सुवोधले लिदीवासीलाई आफ्नो वडामा स्वागत गरे । चौतारा–४ सापकोटाको गृहगाउँ हो ।
‘यहाँ प्रभावितको लागि नमुना बस्ती निर्माणसँगै आयआर्जनमा हामीले काम गर्ने छौँ,’ उनले प्रतिवद्धता जनाए ।
लिदी पहिराेपछि पहिलाे पटक त्यहाँ पुगेका सापकाेटाले पीडितलाई सुरिक्षत स्थानमा स्थानमा स्थानान्तरण गर्न अहाेरात्र भूमिका खेलेका थिए ।
नमुना बस्तीसँगै त्यहाँ खानेपानी, स्वास्थ्य, शिक्षा, साँस्कृतिक लगायत पूर्वाधार विकासमा उनले जोड दिए ।
लिदी पहिरो प्रभावितलाई आफ्नो नगरमा घँडेरी दिलाउन चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले विशेष भूमिका खेलेका थिए ।
क्याटेगोरी : समाज
तपाईको प्रतिक्रिया दिनुहोस