लिदी पहिरोबाट विस्थापित भएका परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको लिदी पहिरोबाट विस्थापित भएका परिवारलाई मंगलबार जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको छ । २०७७ साउन ३० गते जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोबाट विस्थापित भएका २ सय ९ घरधुरी मध्ये ४१ घरधुरीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो ।
सुरक्षित स्थानान्तरणका लागि चौतारा साँगाचोकगढी नगरपालिका-४ देउरालिमा जग्गा व्यवस्थापन भई ४१ घरधुरीले जग्गाधनी प्रमाण पुर्जा पाएका छन् । पुर्जा वितरण कार्यक्रमका सिन्धुपाल्चोक क्षेत्र -१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटा सुबोधले ४१ घरधुरीलाई कुविण्डेमा स्थान्तरण हुने गरी र नयाँ बस्ती विकास गर्ने गरी राज्यले औपचारिक रुपमा जग्गाधनी प्रमाण पुर्जा दिएको बताए ।
२०९ घरधुरी मध्ये ६४ घरधुरीलाई बासखर्क, २७ घरधुरीलाई चनौटे र ७५ घरधुरी बस्तीलाई लिदिको सिमलडाडाँमै स्थापित गर्ने गरी दिगो ढंगबाट व्यवस्थापन गर्ने प्रक्रिया अगाडि बढेको उनकाे भनाइ छ । सांसद सापकोटाले घर बनाउन पाँच/पाँच लाख रुपैयाँ दिइसकेकाे बताउँदै हतार नगरी नमुना योग्य बस्ती बनाउन आग्रह गरे ।
क्याटेगोरी : समाज
तपाईको प्रतिक्रिया दिनुहोस