छात्रवृत्ति दिएर पढाइरहेका विद्यार्थीलाई ब्ल्याक हर्सको जुत्ता

काठमाडौं। सिन्धु वेलफेयर सोसाइटीले आफूले छात्रवृत्ति दिएर पढाइरहेका विद्यार्थीलाई ब्ल्याक हर्सको जुत्ता दिने भएको छ । ब्ल्याक हर्स इन्डष्ट्रिजले उत्पादन गरेको जुत्तालाई सोसाइटीमार्फत् अध्ययन गरिरहेका बालबािलकाले पहिलो चरणमा तीन वर्षसम्म पाउनेछन् ।
सोसाइटी र ब्ल्याक हर्सबीच विभिन्न सर्तमा सहमतिसमेत भएको छ । ब्ल्याक हर्सका अध्यक्ष चीनबहादुर श्रेष्ठ र सोसाइटीका अध्यक्ष सूर्यबहादुर खड्काले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सिन्धु वेलफेयर सोसाइटीको छनोटमा विभिन्न विद्यालयहरुका निःशुल्क रुपमा अध्ययन गरिरहेका २० जना विद्यार्थीका लागि प्रति विद्यार्थी वार्षिक दुई जोर जुत्ता उपलब्ध गराइने छ । जुत्ता उपलब्ध गराएबापत कुनै पनि शूल्क नलिने सम्झौता गरिएको ब्ल्याक हर्सका अध्यक्ष श्रेष्ठले बताए ।
क्याटेगोरी : समाज, स्वास्थ्य/शिक्षा
तपाईको प्रतिक्रिया दिनुहोस