सिडिओ बेदनधि खनालले १५ महिनामा गरेका १५ काम (सूचीसिहत)

चौतारा–सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारीको रुपमा ठ्याक्कै १५ महिना गुजारेपछि ‘विपद् विज्ञ’ वेदनिधि खनाल भरुवा भइ हिँडेका छन् । बुधबार सिडिओ खनालले समकक्षीबाट बिदाइ लिए ।
एकपछि अर्को बिपद्मा फसेको सिन्धु खनालको आगमनले उत्साही बनेको थियो । किन भने गृहमन्त्रालयको शक्तिशाली बिपद् व्यवस्थापन महाशाखा हाँकेको अनुभव खनालसँग थियो ।
‘सानो शरीर, होचो कद’ भएका सिडियो खनालकै नेतृत्वमा सिन्धुपाल्चोकमा तीन तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको थियो । यो परिस्थितिमा लामो समय खनाल सुरक्षा चुनौतिसँग एक्लै लडेका थिए ।
खासगरी सुरक्षा समितिमा अल्पमतमा पर्र्दा पनि खनाल निर्देशनकै भरमा स्थापित हुन सकेका थिए । स्रोतका अनुसार सिडिओ खनाललाई नेपाल प्रहरीको कहिले बलियो साथ रहेन ।
बिपद् व्यवस्थापनमा अनुभवी मानिने खनालले सिन्धुपाल्चोकमा रहँदा एक्सनमा उत्रने अधिकारी तथा समन्वयकारी भूमिका खेल्ने प्रशासकको छवि बनाएका थिए ।
यस्ताे छ १५ महिनामा खानालकाे १५ कामकाे सूची :
१. कोभिड १९ को प्रभाव न्यूनीकरण गर्दे विगत २ बर्ष देखि रोकिएको सेवा एकै पटक खुल्दा भएको सेवाग्राहीको उच्च चापलाई उचित व्यवस्थापन भयो। सीमित जनशक्तिका वावजुत सयौं मुद्दा र गुनासाहरु फर्छ्यौट भए ।
२. कोभिड १९ विरुद्धको खोप अभियानको समन्वय गरी करिब ८५ % लाई खोप सेवा प्रदान गरियो ।
३. राष्ट्रिय परिचय पत्र विवरण संकलन अभियान १०३ वटै वडामा टोली खटाएर सञ्चालन भयो ।
४. निर्वाचनका लागि सबै १२ स्थानीय तहमा मतदाता नामावली संकलन कार्य सम्पन्न भयो ।
५. राष्ट्रिय जनगणना र राष्ट्रिय कृषि गणना कार्यक्रमहरु सम्पन्न भए ।
६. जिल्लावाट ई-पासपोर्ट जारी हुन थाल्यो ।
७. स्थानीय तह सदस्य निर्वाचन-२०७९ बैशाख ३० र प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचन-२०७९ मंसिर ४ सबै १४५ मतदानस्थल र ३२१ केन्द्रमा सफलतापूर्वक सम्पन्न भयो ।
८. विपद् पश्चातको अल्मलिएको पुनःस्थापनालाई शुरु गर्न विपद् प्रभावित धेरै वस्तीहरुको भौगर्भिक अध्ययन गरी प्रतिवेदन प्राप्त गरिएको । केही अध्ययनका क्रममा रहेका ।
९. २०७७ मनसुन र मेलम्ची बाढीमा घरवार गुमाएका ६८७ घर पुनःनिर्माण गर्न रु ५ लाखका दरले र १३८ घर परिवारलाई रु ३ लाखका दरले घडरी अनुदान सहित बस्ती स्थानान्तरण शुरु भएको छ । यो अभियानले निरन्तरता पाउनेछ । त्यसै गरी ५५७ घरपरिवारलाई रु ५० हजारसम्मका दरले अस्थायी आवास अनुदान उपलब्ध गराइएको ।
१०. मेलम्ची खोला नियन्त्रण एवं वस्ती संरक्षणमा उल्लेखनीय समन्वय । विपद् पीडितलाई राहत स्वारुप केही नगद तथा खाद्यान्न वितरण गरिएको ।
११. मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गरी २ दिने TTX र FTX Simulation Exercise र प्रतिकार्यको काम भयो भने जिल्ला आपतकालिन कार्यका लागि केही उपकरण र साधनको प्राप्ती तथा वितरण गरिएको । विपद् व्यवस्थापन प्राधिकरणवाट आगोलागि नियन्त्रणका लागि एकवटा Portable fire pump पनि प्राप्त गरिएको ।
१२. विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि गैरसरकारी क्षेत्रसँग नजिकको समन्वय गरी कार्यालयको क्षमता सुधार सहित सहकार्यहरु शुरु भएको छ ।
१३. मेलम्ची खानेपानी आयोजना पहुँचमार्ग, तामाकोशी विद्युत आयोजना प्रसारण लाइन, मध्यपहाडि सडक आयोजना, सुनकोशी पक्की पुल लगायत अन्य धेरै सरकारी तथा निजी आयोजनाहरुको रोकिएका काममा सहजिकरण गरी कार्यहरु अगाडि बढेका छन् ।
१४. भू-कम्पले जीर्ण भएको जिल्ला कारागार भवन निर्माणका लागि करिब रु. १२ करोडको बहुबर्षे योजना शूरु हुने क्रममा छ ।
१५. कार्यसम्पादन स्तरमा पुच्छारतिर रहेको कार्यालयमा केही संस्थागत क्षमता थप गरी माथिल्लो स्थानमा उकाल्न सफल ।
क्याटेगोरी : समाज
तपाईको प्रतिक्रिया दिनुहोस