बुधबार, मंसीर २०, २०८०
गृहपृष्ठसमाजझोलुंगे पुलले जोडिँदै सुनकोसीको पुरानागाउँ र भिरकुने

झोलुंगे पुलले जोडिँदै सुनकोसीको पुरानागाउँ र भिरकुने



करिब पौने ५७ लाख रुपैयाँमा बन्ने उक्त झोलुंगे पुल चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।


चौतारा–सुनकोसी गाउँपालिका वडा नं. ३ र ४ जोड्ने सियाले खोलामाथि बन्ने झोलुंगे पुल निर्माणको सोमबार शिलान्यास भएको छ ।

गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले एक कार्यक्रमबीच उक्त पुल निर्माणको शुभारम्भ गरे ।

झोलुंगे पुलले वडा नं. ३ को पुरानागाउँ र वडा नं. ४ को भिरकुले बस्ती जोड्ने गाउँपालिकाले जनाएको छ । पालिकाका अनुसार स्टीलजडिट झोलुंगे पुल ९६ मिटर लामो हुनेछ ।

उक्त झोलुंगे पुल चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने पालिका अध्यक्ष तिमिल्सिनाले जानकारी दिए । ‘पुल बनेपछि स्थानीयलाई बाह्रैमास सहयोग मिल्छ । बर्खाको खेतीपातिको सिजनको लागि यो पुल बरदान सावित हुने छ,’ उनले भने ।

करिब पौने ५७ लाख रुपैयाँमा उक्त पुल निर्माण सम्पन्न हुने प्राविधि स्टिमेट रहेको गाउापालिकाका इन्जिनियर बद्री भुजेलले जानकारी दिए । उनका अनुसार स्टील पुलका पाटपूर्जा ठेक्का र अन्य काम स्थानीय उपभोक्ता समितिमार्फत हुने छ ।

पुल डिभिजन कार्यालयमार्फत उक्त पुल बन्ने गाउँपालिकाले जनाएकाे छ । समयमै पुल निर्माण सक्न गाउँपालिकाकाे तर्फबाट पूर्ण सहयाेग रहने अध्यक्ष तिमिल्सिनाले प्रतिवद्धता जनाए ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!