कर्तव्य ज्यान मुद्धाका दोषी पक्राउ

चौतारा–कर्तव्य ज्यान मुद्धाका एक दोषी सात वर्षपछि पक्राउ परेका छन् ।
अदालतबाट कैद सजाय पाएर फरार रहँदै आएका भोटेकोसी गाउँपालिका–२ का २३ वर्षीय मंगले भनिने सुनिल तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
सिन्धुपाल्चोक जिल्ला अदालतले २०७२ असार २८ गते तामाङलाई कर्तव्य ज्यान मुद्धामा दोषी ठहर गर्दै दुई महिना पाँच दिन कैद सजाय तोकेको थियो ।
इलाका प्रहरी कार्यालय कोदारीको टोलीले कोदारीबाटै सोमबार उनलाई पक्राउ गरेको हो ।
सिन्धुपाल्चोक जिल्ला अदालतले २०७२ असार २८ गते तामाङलाई कर्तव्य ज्यान मुद्धामा दोषी ठहर गर्दै दुई महिना पाँच दिन कैद सजाय तोकेको थियो । फैसलापछि उनी फरार रहँदै आएका थिए ।
प्रहरीले उनलाई मंगलबार जिल्ला अदालत बुझाएकोमा तोकिएको सजाय भुक्तान गर्न सोही दिन जिल्ला कारागार चलान गरिएको छ ।
क्याटेगोरी : समाज
तपाईको प्रतिक्रिया दिनुहोस