मंगलबार, माघ १७, २०७९
गृहपृष्ठसमाजबहुविवाहका दोषी ८ वर्षपछि पक्राउ

बहुविवाहका दोषी ८ वर्षपछि पक्राउ



बहुविवाह मुद्धामा दोषी ठहर गर्दै सिन्धुपाल्चोक जिल्ला अदालतले भण्डारीलाई २०७१ माघ २२ गते ११ महिना ११ दिन कैद सजाय तोकेको थियो ।


चौतारा–सिन्धुपाल्चोकमा बहुविवाहको मुद्धामा अदालतबाट दोषी ठहर भइ कैद तोकिएका एक व्यक्ति फैसला भएको आठ वर्षपछि पक्राउ परेका छन् ।

फैसलापछि फरार रहँदै आएका सुनकोसी गाउँपालिका–२ का ३९ वर्षीय रामकुमार भनिने इन्द्रबहादुर भण्डारी पक्राउ परेका हुन् ।

चौतारा बजारमा हिँडिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयको टोलीले सोमबार उनलाई पक्राउ गरेको हो ।

बहुविवाह मुद्धामा दोषी ठहर गर्दै सिन्धुपाल्चोक जिल्ला अदालतले भण्डारीलाई २०७१ माघ २२ गते ११ महिना ११ दिन कैद सजाय तोकेको थियो । साथै अदालतले उनलाई ५ हजार रुपैयाँ जरिवाना हुने फैसलासमेत गरेको थियो ।

प्रहरीले पक्राउ गरेका भण्डारीलाई मंगलबार जिल्ला अदातलमा बुझाएको थियो । तोकिएको कैद र जरिवाना असुलउपर गर्नको लागि भण्डारीलाई मंगलबारै जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी शिवकुमार बुढाथोकीले जानकारी दिए ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!