आगालागीमा जलेर बालकको मृत्यु

चौतारा–आगालागीमा जलेर बिहीबार सिन्धुपाल्चोकमा एक बाललको ज्यान गएको छ ।
बलेफी गाउँपालिका–४ लप्सेस्थित एक कृषि फर्ममा आगालागी हुँदा तीन वर्षीय बालक निर्जल कार्कीको जलेर मृत्यु भएको हो ।
बलेफी–४ का वडाध्यक्ष सुर्के तामाङको लप्से युवा पशुपक्षी फर्ममा बिहान ९ बजेतिर आगालागी भएको प्रहरीले जनाएको छ । मृतक बालक उक्त फर्ममा काम गर्ने २५ वर्षीया निर्जला कार्कीका छोरा हुन् ।
स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको थियो । आगालागीबाट उक्त फर्म जल्दा ६ लाख १४ हजार रुपैयाँ बरारबको क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी शिबकुमार बुढाथोकीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया दिनुहोस