बुधबार, मंसीर २०, २०८०
गृहपृष्ठफोटो फिचरकृष्ण रत्नगंगाले यसरी मनायो ७६ औँ वार्षिकोत्सव (फाेटाे फिचर)

कृष्ण रत्नगंगाले यसरी मनायो ७६ औँ वार्षिकोत्सव (फाेटाे फिचर)


चौतारा–सिन्धुपाल्चोककै जेठो शैक्षिक संस्था सदरमुकाम चौताराको कृष्ण रत्नगंगा माविले मंगलबार स्थापनाको ७६ औँ वार्षिकोत्सव तथा ४७ औँ अभिभावक भेला मनाएको छ ।

विभिन्न कार्यक्रम र गतिविधि सञ्चालन गर्दै अग्रणी यो विद्यालयले वार्षिकोत्सव मनाएको हो ।

निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले वार्षिकोत्सवको उद्घाटन गरेका थिए । कार्यक्रममा विद्यालयमा अध्ययनरत छात्रछात्राले गीत, नृत्य लगायत विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए ।

वार्षिकोत्सवको अवसर पारेर विद्यालयले संस्थापक स्वर्गीय भक्तध्वज प्रधान र स्वर्गीय समुन्द्रप्रुाद श्रेष्ठको अर्धकदको सालिक निर्माण गरेको छ । निवर्तमान सभामुख सापकोटाले उक्त प्रतिमाको अनावरण गरेका थिए । व्यक्तिगत जग्गा दान गराउँदै विद्यालय स्थापनामा उनीहरुले योगदान गरेका थिए ।

वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न प्रतियोगिता तथा कक्षगत उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । सो अवसरमा विद्यालयले शिक्षिका चिनिमाया तामाङ, सहयोगी कल्पना श्रेष्ठलाई उत्कृष्ट कर्मचारी तथा शारदा खड्कालाई उत्कृष्ट अभिभावक घोषित गर्दै नगदद्धारा सम्मानित ग¥यो । उनीहरुले जनही ३ हजार रुपैयाँ पुरस्कार पाए । पूर्वविद्यार्थी डा. शम्भुप्रसाद दंगाल, बालकृष्ण बस्नेत लगायत सहयोगी दातालाई सम्मानित गरिएको थियो ।

लोक गायक सूर्यमणि आचार्यले विभिन्न गीतका माध्ययमले वार्षिकोत्सवमा रौनक थपे । सो अवसरमा निवर्तमान सापकोटाले विद्यालयको प्रकाशन नवकिरण स्मारिकाको विमोचन गरे ।

शिक्षाप्रति अनुदार जहाँनिया राणा शासनको समयमा २००४ साल पुस १९ गते कृष्ण रत्नगंगा माविको स्थापना भएको थियो । स्थापनाको सोही दिन पारेर विद्यालयले बर्सेनि वार्षिकोत्सव मनाउँदै आएको छ ।

वार्षिकोत्सव समारोहमा निवर्तमान सभामुख सापकोटासहित पूर्वसांसद कृष्णराज श्रेष्ठ, सुवास कर्माचार्य, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा, उपप्रमुख सीता थापा, शिक्षा समन्वय प्रमुख कृष्ण सुवेदी, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सोम सापकोटा, जेष्ठ नागरिक माधवलाल कर्माचार्य, पूर्वप्रधानाध्यापक नगेन्द्रप्रसाद दंगाल, पूर्वशिक्षक यज्ञप्रसाद दंगाल लगायत व्यक्तित्वको उपस्थिति थियो ।

विद्यालयमा झण्डै १ हजार ५ सय विद्यार्थी अध्ययनरत छन् ।

 

 


क्याटेगोरी : फोटो फिचर, समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!