शनिबार, असोज ६, २०८०
गृहपृष्ठसमाजजेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण


मांखा–मुलुकभर चिसो बढेर नागरिकहरु प्रभावित हुँदै गर्दा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नम्बर ६ का जेष्ठ तथा असक्त र
असहायहरुलाई न्यानोका लागि जाकेट वितरण गरिएको छ ।

नेकपा एमाले बलेफी–६ नंम्वर वडा कमिटिको आयोजना र नेता तथा समाजसेवी भरत पराजुलीको सहयोगमा वडाका ३ सयभन्दा बढी लक्षित नागरिकले यो सुबिधा पाएका हुन ।

‘जेष्ठ नागरिकलाई सम्मानसहित न्यानो कपडा वितरण गरिएको हो’, समाजसेवी पराजुलीले भने, ‘उहाँहरुले सकुञ्जेल हामीलाई सहयोग गर्नुभयो । उत्प्रेरणा भर्नु भयो । अब हामीले उहाँहरुलाई सहयोग गर्नुपर्छ भन्ने लागेर यो कार्यक्रम गरिएको हो ।’ जेष्ठ तथा अशक्त नागरिकहरुलाई खादासहित सम्मान गर्दै न्यानो जाकेट वितरण गरिएको हो ।

स्थानीय संघ तथा प्रदेश सभा निर्वाचनमा सहभागी मतदातालाई धन्यवादसहित जेष्ठ नागरिकलाई सम्मान दिने उद्देश्यले यो कार्यक्रम आयोजना गरीएको एमाले बलेफी–६  वडा कमिटी अध्यक्ष तेजबहादुर पराजुलीले जानकारी दिए।

आफूसँग पैसा भएर पनि सुविधा लिन नसक्ने अवस्था भएका र परिवारका सदस्यहरु साथमा नभएका जेष्ठ नागरिकको अवस्थालाई ध्यान दिँदै यो सेवा क्षेत्रमा आफूले केही लगानी गरेको समाजसेवी पराजुलीले बताए।

नेकपा एमालेले बिभिन्न लक्षित समुदायका लागि यस्ता सिर्जनात्मक कामहरु गर्दै आएको र यसलाइ ठाउँ अवस्थाअनुसार निरन्तरता दिदैँ जाने पार्टी जिल्ला अध्यक्ष कमल नेपालले जानकारी दिए ।

चिसोका कारण आफूहरुलाई बिभिन्न स्वास्थ्य समस्या हुने गरेको जेष्ठ नागरिक सुनमाया तामाङले बताइन् । यो न्यानो कपडा जाकेटले धेरै सुविधा हुने र अब एकपटक जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरीदिए अझ सजिलो हुने स्थानीय बाटुली बिकको अपेक्षा छ ।

यस वडाको मांखास्थित कुवापानी, भञ्ज्याङ र तल्लो जालवारी लगायतका बस्तीमा जाकेट वितरण गरिएको छ । कार्यक्रम प्रभावकारी देखिएकाले अन्य बस्ती र वडाहरुमा पनि यसलाई बिस्तारको प्रयास गरिने समाजसेवी तथा व्यवसायी पराजुलीले बताए ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!