बुधबार, असोज १७, २०८०
गृहपृष्ठसमाजजुगल हिमशृंखलाका चार हिमाल आरोहण खुलाउन पहल

जुगल हिमशृंखलाका चार हिमाल आरोहण खुलाउन पहल


६ हजार ५ सय ९१ मिटर उचाइको जुगल १, ६ हजार ५ सय १८ मिटर उचाइको जुगल २, ६ हजार १ सय ८४ मिटर उचाइको जुगल ३ र ६ हजार १ सय २० मिटर उचाइको जुगल ४ हिमाल आरोहण खुलाउन पहल थालिएको हो ।

चौतारा–राजधानी काठमाडौँबाट सबैभन्दा नजिकको दुरीमा रहेको जुगल हिमशृंखलाका विभिन्न चार हिमालको आरोहण खुला गर्ने प्रस्तावसहित पहल थालिएको छ ।

जुगल गाउँपालिकाको संस्थागत अगुवाइमा हिमशृंखलाका विभिन्न चार चुचुरा (पिक) आरोहण खुलाउन प्रयास थालिएको हो । सिन्धुपाल्चोक क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य माधव सापकोटा (सुबोध)ले थप आरोहण खुलाउने सम्वन्धी कार्यको राजनीतिक नेतृत्व लिएका छन् ।

आरोहण खुलाउन पर्यटन मन्त्रालयमा मंगलबार सम्वद्ध सरोकारवाला निकायबीच छलफलसमेत भयो । छलफलको संयोजन सांसद सापकोटा र जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्वोले गरेका थिए ।

छलफलमा दिइएको जानकारीअनुसार ६ हजार ५ सय ९१ मिटर उचाइको जुगल १, ६ हजार ५ सय १८ मिटर उचाइको जुगल २, ६ हजार १ सय ८४ मिटर उचाइको जुगल ३ र ६ हजार १ सय २० मिटर उचाइको जुगल ४ हिमाल आरोहण खुलाउन पहल थालिएको हो ।

सरोकारवालाको छलफलले यी हिमालको आरोहण खुलाउन पर्यटन विभागमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको सांसद सापकोटाले जानकारी दिए ।

जुगल गाउँपालिकाले यी हिमालको आरोहण खुला गर्ने सम्वन्धी अध्ययन प्रतिवेदन नै तयार पारेको छ । छलफलमा उक्त अध्ययन प्रतिवेदनमाथि बहस भएको थियो । यो अध्ययन प्रतिवेदन नै मन्त्रालयमा पेश गरिने तयारी भइरहेको छ ।

विभिन्न नामलले चिनिने यी चार हिमाललाई जुगल १, जुगल २, जुगल ३ र जुगल ४ नामाकरण गर्ने प्रस्ताव गर्दै अनुमोदनको लागि पर्यटन मन्त्रालयसँग अनुरोध गर्ने निर्णय पनि छलफलले गरेको छ ।

यी हिमाल पहुँचका दृष्टिले राजधानी नजिक रहेको, पर्वतारोहणको लागि सहज पदमार्ग पहिचान भएको र मुलुकको आर्थिक तथा सामाजिक विकासमा समेत योगदान पु¥याउने अध्ययन प्रतिवेदनको जस्तै छलफलले पनि निष्कर्ष निकालेको छ ।

छलफलमा सांसद सापकोटा, पर्यटन विभागका महानिर्देशक, गृह, पर्यटन मन्त्रालय, पर्यटन विभाग, नापी विभागका अधिकारी तथा नेपाल पर्वतारोहण संघ, टानका पदाधिकारीसहित विज्ञहरुको सहभागिता थियो ।

२०७५ चैतमा पहिलो पटक जुगल हिमशृंखलाको सफल आरोहण भएको थियो । तीन आरोहीले हिमशृंखलाको ६ हजार १ सय ५१ मिटर अग्लो ग्याल्चेन पिक चढेका थिए । त्यतिबेलाको आरोहण दलका सदस्य सांसद सापकोटा पनि हुन् । तर प्राविधिक कारणले हिमाल आरोहण पूरा नगरी उनी बीचबाट फर्केका थिए ।माया गुरुङ, मिलन तामाङ लगायतले सफल आराेहण गरेका थिए । दाेस्राे पटक ग्याल्चेन पिकको सफल आरोहण भइसकेकाे छ ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!