बुधबार, मंसीर २०, २०८०
गृहपृष्ठसमाजगौराति भीमेश्वरको मेलामा भक्तालुको घुईँचो

गौराति भीमेश्वरको मेलामा भक्तालुको घुईँचो


चौतारा-हरेक वर्षको कात्तिक पूर्णिमाका दिन लाग्ने सिनधुपाल्चोकस्थित ऐतिहासिक गौराति भीमेश्वरको मेला मंगलबार लागिरहेको छ ।

आफ्नो इच्छा पूरा हुने र शक्ति प्राप्त हुने जनश्रुतिका साथ जिल्लाबासी तथा विभिन्न जिल्लाका हजारौं भक्तजनहरुले भक्तिपूर्वक भीमेश्वरको पूजाआजा गरिरहेका छन् । अझ सदरमुकाम चौताराका नेवार समुदायले त परम्परालाई कायम राख्दै मेलालाई ठूलो चाडपर्वका रुपमा मनाइ रहेका छन् ।

प्रतिपदासम्म तीन दिन चल्ने यो मेलालाई जिल्लाकै ठूलो मेलाका रुपमा लिने गरिन्छ । यसकै अवसर पारेर जिल्लाका शैक्षिक संस्थाहरुमा स्थानीय पर्व बिदा दिइएको छ । साथै चौतारा नगरपालिकाले पनि सोमबार बिदा दिएको छ ।

सदरमुकामबाट चार किलोमिटर उत्तरमा अवस्थित गौराति भीमेश्वरप्रतिको विश्वास जनमानसमा कहिल्यै नमेटिने खालको छ । केटाकेटी, युवायुवती, वृद्धवृद्धा सबैलाई भीमेश्वरले आकर्षित गरेका छन् । हालको गौराती डाँडामा भर्खरै व्याएकीगाइले सधैं लुकेर दूध चढाउने गरेको र सो स्थानबाट दिश्वयस्वरुप प्रकट भई ‘मेरो पूजाआजा गरे भलो हुने’ बताएपछि भीमेश्वरको उत्पति भएको विश्वासका साथ पूजाआजा सुरु भएको किंवदन्ती छ ।

२०५३ सालमा स्वर्गीय राजारानी वीरेन्द्र र ऐश्वर्याबाट शिला अनावरण गरिएको यो मन्दिर चार सय ३७ वर्षभन्दा बढी पूरानो मानिएको छ । पूर्णिमाको साँझ मन्दिरको चारैतिर अखण्डदीप प्रज्ववलन गरी नरनारीहरु जाग्राम बस्ने प्रचलन छ ।

चौताराको पूरानो बजारबाट गुठियारहरुले भीमेश्वरको रथलाई बाजागाजासहित गौराति पु¥याएर भीमेश्वरसँग मिनल गराउँछन् । यही मिलन गराइएको रथलाई फर्काएर पुनः चौतारास्थित भीमेश्वर मन्दिरमा भित्र्याएपछि तीन निपछि मेला सकिन्छ । अघिल्ला वर्षको भन्दा यस पटक गौराती मन्दिर परिसरमा पूजाआजा गर्ने भक्तजनहरुको घुइँचो लागेको छ ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!