निर्वाचनमा साढे २५ सय कर्मचारी खटिने

चौतारा–मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतदात गराउने कार्यमा २ हजार ५ सय भन्दाबढी कर्मचारी खटिने भएका छन् ।
जिल्ला निर्वाचन अधिकारी विकास शर्मा रिजालले मतदान गराउन २ हजार ५ सय ६२ कर्मचारी खटिने बताए । उनका अनुसार एउटाबाहेक सबै मतदान केन्द्रमा आठ जनाको दरले कर्मचारी खटिने छन् ।
जुगल गाउँपालिकाको तेम्बाथानमा भने सात जना कर्मचारी खटिने छन् । बिगट गाउँ तेम्बाथानमा पहिलो पटक मतदान केन्द्र तोकिएको हो । त्यहाँ २ सय ३२ मतदाता छन् । गाउँमै केन्द्र तोकिएपछि तेम्बाथानका धेरै मतदाताले पहिलो पटक यसपल्ट मतदान गर्दै छन् ।
सिन्धुपाल्चोकमा १ सय ४५ मतदानस्थल र ३ सय २० मतदान केन्द्र छन् । निर्वाचन गराउन ठूलो संख्यामा निजामति कर्मचारी खटिँदै छन् । केही संख्यामा शिक्षकलाई परिचालन गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयको तयारी छ ।
मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक अधिकृत, अन्य कर्मचारी र सहयोगी खटिने छन् । यो संख्याबाहेक स्वय्सेवीको रुपमा थप जनशक्ति परिचालन हुने निर्वाचन अधिकारी रिजालले जनाए ।
क्याटेगोरी : समाज
तपाईको प्रतिक्रिया दिनुहोस