मंगलबार, मंसीर २०, २०७९
गृहपृष्ठसमाजलगातारको बर्षाले इन्द्रावती नदिमा बनाइएको अस्थायीपुलमा क्षति

लगातारको बर्षाले इन्द्रावती नदिमा बनाइएको अस्थायीपुलमा क्षति


मेलम्ची l लगातारको बर्षाले मेलम्ची– ११ इन्द्रावती नदिमा बनाइएको अस्थायीपुलमा क्षति गर्दा यातायात अबरुद्ध भएको छ ।

हिजो देखिको बर्षाले ह्युमपाइप माथिबाटपानी बगेको स्थानीय दिनेश श्रेष्ठले जानकारी दिनुभयो  । यातायात अबरुद्ध हुँदा मेलम्ची ९ र १० पाँचपोखरीर इन्द्रावती पामलिकाका नागरीक प्रभावित भएका छन ।  यस्तै मेलम्ची– ११ फट्टे स्थित मेलम्ची खोलाकोअस्थायी पुल माथीबाट पनि पानी बगेकाले हिड्न समेत असहज भएको स्थानीय राम दनुवारलेजानकारी दिनुभयो ।

यो पुलबाट मेलम्ची ७ र ८ पाँचपोखरी १ रु २ तथा हेलम्बुका केहि भेगका नागरिकले  यात्रा गर्दछन ।  दशैँको मुख्य दिन पुलमा क्षति हुँदा स्थानीयलाई सास्ती हुने भएको छ । बर्षा अझै जारीरहने बताइएकाले त्यहाँबाट यात्रा गर्न असुरक्षित रहेको छ ।

गत साता मात्रै दुइ स्थानमा अस्थायीपुल हालिएको थियो ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!