मंगलबार, मंसीर २०, २०७९
गृहपृष्ठसमाजमेलम्ची र इन्द्रावती नदिमा ह्युम पाइप राखेपछि दशैँमा यातायात सहज

मेलम्ची र इन्द्रावती नदिमा ह्युम पाइप राखेपछि दशैँमा यातायात सहज


गत वर्षको बाढीले पक्की पुल बगाएको स्थानमा अस्थायी पुल हालिएको छ । २०७८ असारमा मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले सात पक्की पुल र ११ झोलुङ्गे पुल बगाएको थियो ।

नगरपालिकाले मेलम्ची र इन्द्रावती नदिमा ह्युम पाइप राखेपछि दशैँमा यातायात सहज भएको छ ।नगरपालिकाले गए राति इन्द्रावती नदिमा ह्युम पाइप राख्नेकाम सकेपछि बिहानै देखि यातायातका साधन सञ्चालनमा आएको हो ।

नगरपालिकाले वडा नम्बर ११ फट्टे मेलम्ची नदिमा एक हप्ता अघिनै ह्युम पाइप राखेर यातायात सञ्चालन भैसकेको इन्जिनियर राजु दंगालले जानकारी दिनुभयो । दुवाचौरका व्यापारी जितु भारतीले अब सहजै समान मेलम्चीबाट ल्याएर बेच्न सकिने भन्दै खुशी व्यक्त गर्नुभयो । त्यस्तै समान ढुवानी गर्ने सवारी चलाउनुहुने रमेश श्रेष्ठले पनि गाडी चलाएर कमाई गरि किस्ता तिर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

यसअघि बाढी आएपछि ह्युम पाइप निकालिएको थियो । चाडपर्व नजिकिएसँगै यात्राका साधनको सहज आवातजावातका लागि ह्युम पाइप राखिएको नगरप्रमुख आइतमान तामाङले बताउनुभयो ।

ह्युम पाइप राखेपछि मेलम्ची ,पाँचपोखरी थाङपाल इन्द्रावती र हेलम्बु गाउँपालिकाका नागरिकको यात्रालाई सहज भएको छ ।

अस्थायी पुल राखेपछि मेलम्ची बजारमा व्यापार बढ्ने व्यवसायी एवम् उद्योग वाणिज्य संघ मेलम्चीका अध्यक्ष पुष्कर धितालले बताउनुभयो ।

हेलम्बु, मेलम्ची र पाँचपोखरीको गरी ५५१ घर बाढीले बगाएको थियो भने ५४ सय रोपनी खेतीयोग्य जमिन बगर बन्यो । बाढीका कारण २६ जनाको मृत्यु भएको थियो ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!