मंगलबार, मंसीर २०, २०७९
गृहपृष्ठसमाजवनसाँघुमा बन्ने पुस्तकालय भवन कांग्रेस नेता बस्नेतद्धारा शिलान्यास

वनसाँघुमा बन्ने पुस्तकालय भवन कांग्रेस नेता बस्नेतद्धारा शिलान्यास


लामोसाँघु l लामोसाँघुको वनसाँघु माविमा अन्तर्राष्ट्रियस्तरको पुस्ताकालय भवन बन्ने भएको छ । कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सोमबार उक्त पुस्तकालय भवनको शिलान्यास गरेका छन् l

उनले अन्तर्राष्ट्रिय मापदण्डअनुसार बन्ने पुस्ताकालय सहितको भवनले यस क्षेत्रकै शैक्षिक विकासमा क्रान्ति ल्याउने बताए । आफूले जिल्लाको शैक्षिक विकासमा २५ वर्षसम्म निशुल्क कोचिङ कक्षा सञ्चालन गरेको स्मरण गर्दै नेता बस्नेतले भने, ‘यो पुस्तकालयले यस क्षेत्रको शैक्षिक जागरणमा क्रान्ति ल्याउने छ ।

बेलायतमा बस्ने नेपालीबाट तत्काल सहयोगमा प्राप्त १ करोड ११ लाख रुपैयाँ प्राप्त भएपछि पुस्तकालय भवन निर्माण शिलान्यास गरिएको हो । यो रकम नेता बस्नेतकै पहलमा संकलन भएको विद्यालयले जनाएको छ ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!